विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दोलखाको हिमाली भेगमा निर्माणाधीन ४० मेगावाटको खानी खोला–१ जलविद्युत् आयोजनाको बाँधसहितका संरचनामा बाढीले गम्भीर क्षति पुर्‍याएको छ । माथिल्लो तटमा पहिरो खसेर थुनिएको नदीको प्राकृतिक बाँध फुटेर असार २५ गते साँझ आएको बाढीले बाँध क्षेत्रका अधिकांश संरचनामा क्षति पुर्‍याएको हो ।

तीव्र बेगसहित एक्कासी आएको शक्तिशाली बाढीले मुख्यतः बाँध क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको प्रवर्द्धक कम्पनी ग्रिन लाइफ हाइड्रो पावर लिमिटेडकी प्रबन्ध निर्देशक केसाङडिकी लामाले बताइन् । ‘भौतिक क्षतिको विवरण सङ्कलन गरिए पनि आर्थिकरूपमा के कति क्षति भयो भन्नेबारे किटान भइसकेको छैन,’ उनले भनिन्, ‘आयोजनाको पहुँच मार्गमा समेत क्षति पुगेको हुँदा सम्पूर्ण विवरण सङ्कलन गर्न करिब २ महिना लाग्ने देखिन्छ ।’ जिल्लाको अधिक उचाइमा निर्माण भइरहेकोले पनि विवरण सङ्कलन र निर्माण सुचारु गर्न समय लाग्ने उनको भनाइ छ ।

कम्पनीका अनुसार आयोजनाको इन्टेक र अन्डरस्लुइसमा पूर्ण रूपमा क्षति पुगेको तथा जडान पाइप बाढीले बगाएको छ । कामदारका लागि निर्माण गरिएका दुई वटा आवासगृह (क्याम्प) मा समेत गम्भीर क्षति पुगेको जनाइएको छ । 

यसैगरी, आयोजनाको पेनस्टक पाइप, भूमिगत विद्युत्‌गृह, टेलरेस सुरुङ, स्वीचयार्डलगायत संरचनामा आंशिक क्षति पुगेको कम्पनीले जनाएको छ । सिंगटी बजारदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग समेत बाढीले बगाएको हुँदा आगामी भदौपछि मात्र आयोजनाको निर्माणले गति लिन सक्ने लामाले जानकारी दिइन् ।

गौरीशंकर गाउँपालिकामा पर्ने आयोजनाको सुरुको अनुमानित लागत ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्राधिकरण र कम्पनीबीच यस आयोजनाबाट उत्पादन हुने विद्युत्‌को खरिदबक्री सम्झौता (पीपीए) २०६८ भदौ १९ गते भएको थियो ।

सम्झौताअनुसार २०७५ चैतमा व्यावसायिकरूपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्नुपर्ने थियो । तर, समयमा काम नभएपपछि पीपीए संशोधनमार्फत यसको व्यावसायिक उत्पादको मिति सारिँदै लगिएको छ । भूकम्प, बाढी पहिरो, कोभिड, बैंकिङ प्रणालीको तरलता अभाव जस्ता कारणले आयोजना पूरा हुने समय लम्बिँदै गएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३