४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसम्मकै ठूलो आयोजना हो । दोलखा जिल्लामा निर्माण भइरहेको आयोजनाको वि.सं. २०६८ साल भदौ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । हालसम्म यसको निर्माण ८३ प्रतिशतभन्दा बढी भएको छ ।
मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसम्मकै ठूलो आयोजना हो । दोलखा जिल्लामा निर्माण भइरहेको आयोजनाको वि.सं. २०६८ साल भदौ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । हालसम्म यसको निर्माण ८३ प्रतिशतभन्दा बढी भएको छ ।
वि.सं. २०७५ को असारभित्र निर्माण पूरा गर्ने लक्ष्यसहित अहिले काम तीव्ररूपमा भइरहेको छ । २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्प, त्यतिबेलै भारतले गरेको नाकाबन्दी र तराई आन्दोलनका कारण आयोजना प्रभावित भएको थियो । सुरु निर्माण तालिका अनुसार एक वर्षअघि नै पूरा गर्ने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दी, अमेरिकी डलरमा आएको उतारचढाव तथा सेयरसम्बन्धी विवादले लागत र समय बढेको छ ।
सुरुमा आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको थियो । तर, उल्लेखित घटनाले निर्माण पूरा हुँदासम्म बैंक ब्याजसहित करिब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । ‘पिकिङ रन अफ रिभर’ मा आधारित यो आयोजना बर्खामा ४ सय ५६ मेगावाट र हिउँदमा ४ घन्टा पिकिङ गरेर सञ्चालन गर्न सकिन्छ । हिउँदको ज्यादै सुख्खा समयमा करिब ९० मेगावाट उत्पादन भए पनि विद्युतको उच्च माग हुँदा दैनिक ४ घन्टा पिकिङमा चलाउन सकिने यसको आकर्षक पक्ष हो ।
करिब ७ किलोमिटर सुरुङ खनेर रोल्वालिङ खोलाको पानी ल्याएर आयोजनाको जलाशयमा मिसाउने योजना छ । यसो हुँदा हिउँदको ऊर्जा उत्पादन बढेर विद्युत संकट कम गर्न सहयोग पुग्नेछ । रोल्वालिङको पानीले सुख्खायामको उच्च माग हुँदा दैनिक ५ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन हुने आयोजनाले जनाएको छ ।
भूकम्पले पु¥याएको क्षति
२०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पले जलविद्युत क्षेत्रमा ठुलो क्षति पु¥याएको थियो । सञ्चालनमा रहेका विद्युत केन्द्रदेखि निर्माणाधीन सबै आयोजना भूकम्पबाट प्रभावित भएका थिए । तामाकोसीमा पनि भूकम्पले क्षति पु¥याएको थियो । भूकम्पले बाँधस्थल १९ सेन्टिमिटर भासिएको थियो ।
बालुवा थिग्र्याउने (डिसेन्डर) पोखरीमा ढुंगा खसेर केही स्थानमा चर्किएको थियो । अन्य संरचना भूमिगत निर्माण भएकाले आयोजनामा थप क्षति पुग्न सकेन । भूकम्पले पहुँचमार्ग भत्किँदा गोंगर र हेडवक्र्स रहेको लामाबगरको सम्पर्क टुटेको थियो । यही कारण २० महिनासम्म हेडवक्र्सको काम सुरु हुन सकेको थिएन । आयोजनाको पहुँचमार्गमा पहिरो गएपछि ३ सय ४० मिटर सुरुङमार्ग निर्माण गरेर बाँधस्थल जाने बाटो खुलाइएको थियो ।
आयोजनाको प्रगति
अहिलेसम्म आयोजनाको ८३ प्रतिशत निर्माण पूरा भएको छ । हेडवक्र्स, डाइभर्सन बाँधको दायाँबायाँ इन्टेक र बालुवा थिग्र्याउने पोखरीको निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत उत्पादनपछि पानी पुनः नदीमा पु¥याउन आवश्यक ३ किलोमिटर लामो टेलरेस टनेल निर्माण भइसकेको छ ।
३ सय ७३ मिटर गहिरो र ४.४ मिटर गोलाकार भएको तल्लो पेनस्टक साफ्टको निर्माण पनि सकिएको छ । अहिले गाेंगरस्थित आयोजनाको विद्युतगृहको कामा तीव्ररूपमा भइरहेको छ । भूकम्पपछि अन्य संरचनाको काम सुरु हुने नसके पनि ६ महिनाभित्र ठेकेदारले काम सुरु गरेको थियो ।
आयोजनाका अनुसार विद्युतगृहमा ९० प्रतिशत काम पूरा भएको छ । बाँकी काम सकिएपछि इलेक्ट्रो मेकानिकल उपकरण जडान हुने आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले जानकारी दिएको छ । लामाबगरसम्म प्रवेशमार्ग खुलेकाले मुख्य सुरुङको भैंैसे अडिटबाट तल्लो खण्डको काम सुरु भएको छ ।
७.८ मुख्यसहित करिब १७ किलोमिटर सुरुङमध्ये अहिलेसम्म सोढे १४ किलोमिटरको निर्माण पूरा भएको छ । बाँकी ३ किलोमिटरमध्ये १.५ किलोमिटर खन्न बढी समय लाग्ने देखिएको छ । हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आयोजनास्थल पु¥याउन निकै चुनौती रहेको आयोजनाका अधिकारी बताउँछन् ।सिन्धुपाल्चोक खाँडीचौरस्थित सुनकोसीको पुल जिर्ण हुँदा नदीमा डाइभर्सन निर्माण गरी हेबी इक्विपमेन्ट लैजानुपर्ने अवस्था छ । डाइभर्सन निर्माणको काम ठेकेदारले सुरु गरिसकेको छ ।
प्रसारण लाइन समस्या
तामाकोसीबाट उत्पादित विद्युत गोंगरदेखि खिम्ती सबस्टेसन हुँदै २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । गोंगरदेखि खिम्ती सबस्टेसनसम्म ४७ किलोमिटर लाइन तामाकोसी कम्पनीले नै निर्माण गरिरहेको छ । १ सय २७ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म सय टावरको काम पूरा भएको छ ।
आकर्षक आयोजना
लामाबगरमा हजारौं वर्षअघि बनेको प्राकृतिक बाँध आयोजनाको सबैभन्दा आकर्षक पक्ष हो । आयोजनाको ग्रस हेड ८ सय मिटर अग्लो छ, जुन अन्यभन्दा उच्च मानिन्छ । उच्च हेड भएकै कारण आयोजना अन्य आयोजनाभन्दा सस्तो छ । सुरुमा प्रतिमेगावाट ८ करोड रुपैयाँमा सम्पन्न गर्ने गर्ने थियो । तर, अहिले लागत प्रतिमेगावाट १० करोड रुपैयाँसम्म पुग्ने अनुमान छ । प्राकृतिक बाँध भएकाले छोटो सुरुङ हुँदा पनि पानी खसाल्ने वाटर हेड र दैनिक पिकिङ गर्न सम्भव देखिएको हो ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन
आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । स्वपुँजीमा नेपाल विद्युत प्राधिकरण ४१ प्रतिशत , नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत स्वामित्व छ । यस्तै, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १७.२८ प्रतिशत , तामाकोसीको कम्पनी र प्राधिकरण कर्मचारीको ३.८४ प्रतिशत, ऋण दिने संस्थाका कर्मचारीको २.८८ प्रतिशत लगानी छ । दोलखाका स्थानीयबासीका लागि १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत प्रतिशत सेयर छट्ट्याइएको छ ।
स्थानीय विकासमा तामाकोसी
आयोजनाको निर्माणसँगै दोलखाको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको छ । चरिकोटदेखि लामाबगरसम्म सडकको पहुँच विस्तार तथा पक्की पुल निर्माण भएको छ । पहुँचमार्गबाट केही गाविसमा सहायकमार्ग पनि समेत निर्माण भएका छन् । सडकको विकासले स्थानीयमा सामाजिक र आर्थिकस्तर माथि उठेको देखिन्छ ।
आयोजनाले वातावरणयीय व्यवस्थापन र प्रभाव न्यूनिकरण कार्यक्रममा करोडौं रुपैयाँ लगानी गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरणलगायत भौतिक संरचना निर्माण तथा आयमूलक कार्यक्रम सञ्चालन भएका छन । स्थानीयले पनि आयोजनामा प्रत्यक्ष रोगजारी पाएका छन् । यसबाट स्थानीयको जीवनयापन सहज भएको पाइन्छ ।
अन्तमा
मुलुकबासीसँग विगत एक दशकदेखि चर्को विद्युत कटौतीको मार खेप्नु परेको तीतो अनुभव छ । तर, पछिल्ला ३ महिना देशले अँध्यारो सामना गर्नुपरेको छैन । भारतबाट आयातित विद्युत र आन्तरिक व्यवस्थापनले उज्यालो नेपाल सम्भव भएको छ । तामाकोसी निर्माणपछि भारतको बिजुलीमा भर पर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
बर्खाको समयमा पूर्ण क्षमतामा सञ्चालन भए पनि सुख्खायामको लोड व्यवस्थापनमा भूमिका नहुने विश्लेषण हुने गरेको छ । माग बढी हुँदा दैनिक करिब ५ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ । यसले सुख्खायामको विद्युत माग व्यवस्थापन गर्न ठूलो भूमिका खेल्ने देखिन्छ ।
आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानी र व्यवस्थापनले पनि ठूला आयोजना निर्माण सम्भव छ भन्ने उदाहरण तामाकोसीले दिएको छ । यो आयोजना निर्माण, व्यवस्थापन र अन्य ज्ञानका आधारमा देशले अन्य ठूला आयोजना निर्माण गर्न सक्ने बलियो आधार बनेको छ । यही अनुभवलाई जलाशय आयोजना निर्माणमा पनि खर्चिनुपर्ने समय आएको छ ।