विद्युत अपडेट

  • प्राधिकरण : ७१४३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३८२८५ मे.वा.घन्टा
  • आयात : २५० मे.वा.घन्टा
  • निर्यात : १४३६० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५८८२७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५५२ मे.वा.
२०८२ असार २८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता हामीले 'वायु ऊर्जा, यसको महत्त्व र विकासका चुनौती' विषयमा जानकारी दिने प्रयास गरेका थियौँ ।

परिचय

विश्वका कतिपय विकासशील देशहरूमा ग्रामीण विद्युतीकरण अझै पनि चुनौतीपूर्ण बनिरहेको छ । केन्द्रीय ग्रिडबाट टाढा हुनु, पूर्वाधार निर्माणको लागत उच्च हुनु, भौगोलिक जतिलता, निकै ससाना बस्तीहरू जस्ता कारण ग्रामीण विद्युतीकरण चुनौतीपूर्ण बनेको हो । यस्तो अवस्थामा जैविक ऊर्जा (बायोइनर्जी) र फोहोरबाट ऊर्जा उत्पादन प्रविधिहरू प्रभावकारी, विकेन्द्रित र दिगो विकल्पका रूपमा देखिएका छन् ।

बायोइनर्जी के हो ?

जैविक ऊर्जा (बायोइनर्जी भन्नाले कृषि बालीको बाँकी अवशेष, पशुको मल, दाउरा, घाँसपात र समुद्री शैवाल जस्ता स्रोतबाट उत्पादन हुने वा गरिने बायोमासबाट प्राप्त गरिने ऊर्जा शक्ति हो । प्रचलित बायोइनर्जी प्रविधिहरू यसप्रकार छन्ः

  • बायोग्यास डाइजेस्टर
  • बायोमास ग्यासिफायर
  • सुधारिएको चुलोहरू
  • बायोइथानोल र बायोडिजेल

जैविक फोहोरबाट ऊर्जा कसरी प्राप्त हुन्छ ?

आधुनिक प्रविधिको प्रयोग गरी नगरपालिकामा संकलन हुने जैविक वा कुहिने फोहोर, कृषिजन्य बालीबाट निस्कने फोहर, र अन्य जैविक फोहरलाई ताप वा बिजुलीमा रूपान्तरण गरेर ऊर्जा प्राप्त गर्न सकिन्छ । यसका मुख्यतया ३ किसिमका प्रविधि अपनाइन्छ । ती निम्न छन् :

  • दहन
  • एनारोबिक डाइजेसन
  • पायरोलाइसिस र ग्यासिफिकेशन

ग्रामीण विद्युतीकरणका फाइदा

१. स्थानीय स्रोतको उपयोगः कृषि फोहोर र पशु मल ग्रामीण क्षेत्रमा प्रशस्त मात्रामा उपलब्ध हुन्छ । यसले ढुवानी लागत घटाउँछ र जीवाश्म इन्धनमा रहेको निर्भरता कम गर्छ । 
२. विकेन्द्रित ऊर्जा उत्पादनः ग्रिड नपुगेका वा मिनी–ग्रिडका लागि सबैभन्दा उपयुक्त हुन्छ । केन्द्रीय ग्रिड विस्तार बिना नै विद्युतीकरण सम्भव हुन्छ ।
३. स्वच्छ र दिगोः यसले ग्रीनहाउस ग्यास निकै न्यून मात्रामा उत्सर्जन गर्छ । फोहोर व्यवस्थापनमा सुधार र सरसफाइमा मद्दत गर्छ ।
४. रोजगारी र जीविकोपार्जनः ऊर्जा सेवा, कृषि, र फोहोर व्यवस्थापनमा स्थानीय उद्यमशीलता प्रोत्साहित हुन्छ । निर्माण, सञ्चालन र मर्मत–सम्भारमा रोजगारी सृजना हुन्छ ।

चुनौतीहरू के कस्ता छन् ?

  • जैविक ऊर्जाका लागि आवश्यक कच्चा पदार्थको भण्डारण तथा निरन्तरतामा चुनौती हुन्छ ।
  • प्राविधिक सीप र मर्मतसम्भारको चुनौती रहन सक्छ ।
  • यसको प्रारम्भिक लागत उच्च पर्न सक्छ ।
  • नीति र नियमहरूको अपर्याप्ता तथा अभाव रहन सक्दछ । जसले उत्पादन र प्रयोगमा नै समस्या सिर्जना गर्न सक्छ ।

उल्लिखित चुनौतीको सामना गर्न के कस्ता तरिका अपनाउन सकिन्छ ?

  • कच्चा पदार्थको उपलब्धता बढाउन समुदाय स्तरमा सङ्कलन र भण्डारण प्रणालीको विकास गर्न सकिन्छ ।
  • स्थानीय तहमा तालिम र क्षमता विकास गर्नुपर्छ ।
  • माइक्रो–फाइनान्सिङ, अनुदान, सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा यो परियोजना विकास गर्न सकिन्छ ।
  • अनुकूल ऊर्जा तथा फोहोर व्यवस्थापनको नीति अघि सारिनुपर्छ ।

निष्कर्ष

नेपाल, भारतसहित विश्वका धेरै देशमा जैविक ऊर्जाबाट ताप तथा विद्युत् ऊर्जा उत्पादन र प्रयोग गर्ने गरिएको छ । ऊर्जा र बायोइनर्जी प्रविधिहरू ग्रामीण विद्युतीकरणमा महत्त्वपूर्ण सावित भएका छन् । यी प्रविधिहरूले जैविक ऊर्जा प्रयोगको दिगोपनामा सहयोग गर्दछन् । साथै, गरिबी घटाउन र ग्रामीण समुदायलाई स्वच्च ऊर्जा प्रदान गर्दै फोहर व्यवस्थापनमा समेत सघाउँछन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३