विद्युत अपडेट

  • प्राधिकरण : ७१४३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३८२८५ मे.वा.घन्टा
  • आयात : २५० मे.वा.घन्टा
  • निर्यात : १४३६० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५८८२७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५५२ मे.वा.
२०८२ असार २८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । क्षतिग्रस्त संरचनाको मर्मत गरेपछि विहीबारबाट माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा उत्पादन थालेको छ । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत् केन्द्रको क्षतिग्रस्त दुवै बालुवा थिग्रयाउने पोखरी (डिस्यान्डर बेसिन) सञ्चालनमा आएपछि विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन थालेको हो । केन्द्रको उत्पादन बढेसँगै भारतमा बिजुली निर्यात समेत बढ्ने भएको छ ।

अविरल वर्षापछि गत असोज ११ गते साँझदेखि तामाकोसी नदीमा आएको बाढीका कारण  केन्द्रको बाँधका सबै ढोका खोलेर उत्पादन बन्द गरिएको थियो । त्यसले विद्युत्‌गृह र सुरुङ सुरक्षित रहे पनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको डिस्यान्डर र भूमिगत नहरमा ठूलो क्षति भएको थियो ।

२ वटा डिस्यान्डर मध्ये कम क्षति भएको बाँयातर्फको डिस्यान्डर र भूमिगत कल्भर्ट पुनर्निर्माण गरेर गत पुसदेखि विद्युत्‌गृह सञ्चालनमा ल्याइएको थियो । अहिले दुवै पोखरी दुरूस्त भएको छ । दायाँतर्फको डिस्यान्डरमा ४० प्रतिशत र बायाँ तर्फको डिस्यान्डरमा २० प्रतिशत क्षति भएको थियो ।

केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले एउटामात्रै डिसेन्डर हुँदा बालुवाका कण पनि आउने विद्युत्‌गृहका उपकरण खिइने समस्या हुने बताए । दायाँ पोखरी तयार भएपछि बायाँ पोखरीको बालुवा सफा गर्ने उनले जानकारी दिए ।

‘वर्षाका कारण माथिल्लो क्षेत्रबाट नदीमा बालुवा बढी आउँछ,’ उनले भने ‘अब हामी हरेक हप्ता पालैपालो पोखरी सफा गर्छौं ।’ बाँध क्षेत्रमा बालुवा र गेग्रानले भरिँदै गएकाले नदीमा जलस्तर बढेपछि बाँधका ढोका खोलेर सफा गर्ने समेत उनले बताए ।

उनका अनुसार कम क्षति भएको र हिउँदको विद्युत्को माग धान्न आपत्कालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत् आयोजनाकै निर्माण कम्पनी हाइ हिमालय हाइड्रो कन्ट्रक्सनमार्फत सफाइ तथा मर्मतको काम गगरिएको थियो । यद्यपि, बढी क्षति भएको दायाँ पोखरीको सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आह्वान गरेर पुनर्निर्माण गरिएको हो ।

पोखरी निर्माणको ठेक्का लिएको च्छोरोल्पा कन्ट्रक्सन प्रालिका प्रबन्धक निर्देशक फुर्लाक्पा शेर्पाले देशको विद्युत् आवश्यकतालाई ध्यान दिएर रातदिन काम गरी  निर्धारित समयमा नै डिस्यान्डरको पुनर्निर्माण सकिएको बताए ।  ठेक्का सम्झौता भएको ४ महिनामा निर्माण व्यवसायीले काम पूरा गरेको हो । यसअघि अन्तर्राष्ट्रिय ठेक्का अन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले डिस्यान्डरसहितको सिभिल काम गरेको थियो ।

‘अहिले पोखरीको पुनर्निर्माण मात्रै पूरा भएको छ, कल्भर्ट पुनर्निर्माण हुन बाँकी छैनन्,’ उत्पादन केन्द्र प्रमुख रञ्जितले भने, ‘नदीमा जलस्तर बढेकाले कल्भर्टको काम नदीमा पानी घटेपछि कार्तिक १५ पछि पुनः सुचारु हुुन्छ, अहिले अस्थायी रूपमा सञ्चालन गरेका हौँ ।’

पोखरी र कल्भर्ट पुनर्निर्माणका लागि ११२ दिनमा पूरा गर्ने गरी ठेक्का सम्झौता भए पनि नदीमा जलस्तर बढेकाले कल्भर्डको बाँकी काम पूरा गर्न १८५ दिन म्याद थप भएको छ । वर्षातका ४ महिना काम गर्न नसकिने भएकोले त्यसलाई समेत जोडेर बढी दिन थप्नु परेको उनले बताए ।

डिस्यान्डरभन्दा माथिको खोल्साबाट ठूला ठूला ढुङ्गा र लेदो आएपछि डिस्याण्डर र कल्भर्डमा क्षति भएको थियो । त्यहाँ थप सुरक्षाको काम समेत जारी छ ।

पहिरोले हेडवर्क्स क्षेत्रको सुरक्षा नियन्त्रणगृह समेत पूर्ण रूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो ।

विद्युत् उत्पादन बन्द भएको समयमा विद्युत्‌गृह भित्रका मर्मत गरिएको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नम्बर प्रसारण लाइनको टावर समेत मर्मत पूरा गरिएको छ ।

बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरिवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुर्ननिर्माणको काम गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३