विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत ९औं ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौं । नेपाल तथा भारतले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६०० मेगावाटसम्म विद्युत किनबेच वा आयात–निर्यात गर्न सक्ने भएका छन् । हिजो र आज (फागुन ११ र १२ गते) काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक (जेएससी) ले यसलाई पारित गरेको हो ।

उक्त सीमापार प्रसारण लाइनको बिजुली बोक्न सक्ने क्षमता १००० देखि १२०० मेगावाट रहेको छ । तर, नेपालतर्फ इनरुवा र हेटौंडामा ४०० केभीका सबस्टेसन निर्माण नहुँदा त्यो बराबरको विद्युत पठाउन वा ल्याउन नसकिने बताइएको छ । भारततर्फ पनि त्यही क्षमतामा सबस्टेसन तयार नरहेको बताउने गरिएको छ । नेपालले याे प्रसारण लाइनबाट उच्च माग हुँदा करिब ३०० मेगावाटसम्म विद्युत आयात गरिरहेकाे छ ।

उक्त प्रसारण लाइनमार्फत ३५० देखि ६०० मेगावाटसम्म विद्युत ल्याउन वा लैजान सक्ने कुरा पारित भएको बैठकमा सहभागी एक सदस्यले बताए । यसबाट बर्खामा बढी हुने विद्युत केही हदसम्म भए पनि भारत पठाउन सकिने बाटो खुकुलो भएको छ । नेपाल विद्युत प्राधिकरणले गत बर्खामै करिब ८५० मेगावाट विद्युत किनिदिन भारतलाई प्रस्ताव गरेको थियो । भारतले भने ३९ मेगावाटको मात्रै स्वीकृति दिएको छ ।

नेपालले विभिन्न आयोजनाको विद्युत किनिदिन प्रस्ताव गरेकोमा यसलाई बर्खा अघि नै यथाशक्य चाँडो स्वीकृति प्रदान गर्ने भारतले आश्वासन दिएको पनि ती सदस्यले जानकारी दिए । गत बर्खामै नेपाले करिब ७०० मेगावाट विद्युत खोलामा फाल्नु परेको थियो । आउने बर्खामा यसरी बढी हुने विद्युतको परिमाण १२०० मेगावाटसम्म पुग्ने अनुमान छ ।

यदि, १२०० मध्ये ६०० मेगावाट निर्यात गर्न पाए गत वर्ष जस्तै आधा जसो बिजुली फेरि पनि खेर फाल्नुपर्ने परिस्थिति आउने देखिन्छ । नेपालले तत्कालका लागि त्यसैमा चित्त बुझाउनुपरे पनि यसले आन्तरिक विद्युत बजार विस्तार गर्नुपर्ने चुनौती थप टडकारो बनेर गएको छ ।

बैठकले गरेका थप महत्त्वपूर्ण निर्णयहरू

१. न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण गर्न चाँडै संयुक्त कम्पनी गठन गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) गर्न दुवै पक्षलाई निर्देशन ।

२. नेपाल र पश्चिम बंगालसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने ।

३. नेपालले आगामी मार्च महिनासम्म आफ्ना मुख्य मुख्य सबस्टेसनहरूमा स्पेसियल प्रोटेक्सन सिस्टम (विशेष सुरक्षा प्रणाली) जडान गर्ने र यसपछि नेपाल–भारतबीच ग्रिड सिंक्रोनाइज गर्न सकिने ।

४. नेपालमा ठूला जलविद्युत आयोजनामा संयुक्त सहकार्य गर्न आयोजना पहिचानका लागि ‘द्विदेशीय संयुक्त जलविद्युत विकास समिति’ गठन गर्ने । समितिमा दुवै देशबाट ३–३ सदस्य रहने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३