विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभी धनुषाधाम सबस्टेसनको स्तरोन्नति गरेको छ । जिल्लाको विद्युत वितरण प्रणाली सुधार गर्न सबस्टेसनमा पावर ट्रान्सफर्मर थपेर स्तरोन्नति गरिएको हो ।

सबस्टेसनको स्तरोन्नति गर्न ८.६ एमभिएको पावर ट्रान्सफर्मर थपिएको प्राधिकरण धनुषाधाम वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहले बताए । उनका अनुसार स्तरोन्नतिपछि सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता १६.६ एमिए पुगेको छ । यसअघि सबस्टेसनमा ८ एमभिएको ट्रान्सफर्मर थियो ।

‘सबस्टेसन ओभर लोड हुँदा वितरण प्रणालीमा समस्या थियो,’ उनले भने, ‘माग र आपूर्ति व्यवस्थापन सहज र गुणस्तरीय बनाउन ट्रान्सफर्मर थपेर स्तरोन्नति गरेका छौं ।’ उनले स्तरोन्नति गरिएको सबस्टेसनमा लोड दिएर चार्ज गरिएको बताए ।

सबस्टेसनको स्तरोन्नतिपछि जिल्लामा खुल्ने नयाँ उद्योगले सहजरूपमा विद्युत सेवा पाउने वितरण केन्द्रले जनाएको छ । साथै, जिल्लाको भिनमाङमा विद्युत सेवा विस्तारको काम पनि वितरण केन्द्रले गर्दैछ ।

नयाँ उद्योगहरू खुल्ने प्रक्रियामा रहेकाले नै विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन प्राधिकरणले सबस्टेसनको स्तरोन्नति गरेको हो ।विद्युतीकरणका लागि धनुषाधामदेखि भिनमाङसम्म ११ केभी १० किलोमिटर प्रसारण लाइन तयार गरिएको सिंहले जानकारी दिए ।

भिनमाङको ५० प्रतिशत घरधुरीले ढल्केबर सबस्टेसनबाट सेवा लिनेछन् । ५० प्रतिशतले धनुषाधाम सबस्टेसनको सेवा पाउने छन् । प्राधिकरणले वितरण प्रणाली सुधार गर्न देशभर सबस्टेसन तथा वितरण लाइन स्तरोन्नति गर्दै आएको छ । वितरण केन्द्र अन्तर्गत ३३ हजार १ सय २३ ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit