विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दर्जन जलविद्युत कम्पनीले करिब ४ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएका छन् । निजी लगानीमा निर्माणाधीन तथा निर्माण सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत आयोजनाका  प्रवर्द्धक कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार १३ हाइड्रो पावर कम्पनीकाे ३ करोड ८८ हजार १ सय ४५ कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन परेको छ । सय रुपैयाँ अंकित ३ अर्ब ८८ लाख १४ हजार ५ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका गर्न लागिएको हो ।

आवेदन दिनेमध्ये सबैभन्दा बढी पिपुल्स हाइड्रो पावर कम्पनीको रहेको छ । यो कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी–ख जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, कुथेली बुखरी सानो हाइड्रो पावर कम्पनीले सय रुपैयाँ अंकित २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २ लाख ४३ हजार ७ सय ३५ कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । यसको सेयर निष्कासन गरी बाँडफाँड गर्ने काम एनएमबी क्यापिटलले गर्नेछ ।

एसियन हाइड्रो पावरले सय रुपैया अंकित ११ करोड ८० लाख बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न एनएमबी क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ । 

बाराही हाइड्रो पावरले स्थानीय र सर्वसाधारणकोे लागि ७ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको बोर्डको वेपसाटमा उल्लेख छ । कम्पनीले सय रुपैयाँ अंकित ७० करोड बराबरको ७ लाख कित्ता सेयर निष्कासन गर्न एनआइबीएल एसीइ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

१४.९ मेगावाटको माया खोलाको प्रवद्र्धक माया खोला हाइड्रो पावरले स्थानीय र सर्वसाधारणको लागि ३४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । ३४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले पनि १६ लाख ३२ हजार १ सय ६० कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको छ । सय रुपैयाँ अंकित १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक चुनिएको छ ।

यस्तै, मकर जितुमाया हाइड्रो पावर कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएकोे छ । कम्पनीको सेयर निष्कासन अनुमतिको लागि आवेदन दिएको छ । यसको सेयर प्रभु क्यापिटल लिमिटेडले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

मोलुङ हाइड्रो पावर कम्पनीले पनि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । थ्री स्टार हाइड्रो पावर लिमिटेडले पनि १२ लाख ३१ हजार २ सय ५० कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । 

इस्ट्रन हाइड्रो पावरले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्ने तयारी गरेको छ । सिक्लेस हाइड्रो पावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्न बोर्डमा अनुमति मागेको छ । यसको सेयर एनएमबी क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

बोर्डका अनुसार सुपरमाई हाइड्रो पावरले पनि १० करोड बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको रसुवामा १४.५ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit