विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सगरमाथा हाइड्रो पावर र माइखोला हाइड्रो पावर कम्पनीले ७४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेका हुन् ।

सय रुपैयाँ अंकित ७४ करोड ९ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५ सय ६८ कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ ।

सगरमाथाले इलाममा सञ्चालित ९.६ मेगावाटको सुपर माइ खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । आयोजनाले २०७७ जेठ २३ गते नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै, माइखोलाले इलाममै सञ्चालित ३ मेगावाटको सुपर माइ क्यासकेडको १९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसले पनि २०७७ असार ३१ गतेदेखि उत्पादन सुरु गरेको हो । यी दुवै कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit