विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर ३, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरूसँग विद्युत् खरिद सम्झौता (पिपिए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठकाे निर्देशनमा प्राधिकरणले त्यस्ता कम्पनीसँग करिब एक हजार मेगावाट विद्युत्‌को पिपिए गर्न लागेको जनाइएको छ । 

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले यसका लागि तयारी पूरा भएको बताए । यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने उनले जानकारी दिए । 

उनका अनुसार ४५४ मेगावाटको किमाथांका, ४३९ मेगावाटको बेतन कर्णाली, २१० मेगावाटको चैनपुर सेती,१२४ मेगावाटको जगदुल्ला ए, ७७ मेगावाटको चिलिमे सेती, ७० मेगावाटको सिम्बुवा, विद्युत् उत्पादन कम्पनीको ३० मेगावाटको सोर्य विद्युत् आयोजना लगायतका कम्पनीसँग पिपिए गरिँदैछ । पिपिए भएसँगै सरकारी कम्पनीले लगानी, पूर्वाधार निर्माण र विद्युत् उत्पादन कार्यलाई तीव्रता दिन बाटाे खुल्ने छ । 

मन्त्री श्रेष्ठले सरकारी कम्पनीका साथै निजी विद्युत् कम्पनीको पिपिए अघि बढाउन पनि निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३