विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले आगामी भदौ २५ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले १८औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा आर्जन गरेको मुनाफाबाट सेयरधनीलाई १०.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लगिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बोनस सेयरको कर तिर्न ०.५५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारिका लागि साधारणसभामा लगिने भएको छ । साधारणसभा थापाथलीस्थित ट्रेड टावरमा रहेको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

यसैगरी सबै सेयरधनीलाई बोनस सेयर वितरण गरिसकेपछि हुन आउने चुक्ता पुँजीको ३९ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव समेत साधारणसभामा लैजाने कार्यसूची रहेको छ । कम्पनीले पुँजी बढाउन फेरि हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले तेस्रो पटक हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो जलविद्युत आयोजना सञ्चालनमा छन् । ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अहिले निर्माणाधीन छ ।

४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएको छ । १÷१ मेगावाटका २ वटा सौर्य विद्युत आयोजना निर्माणाधीन छन् । कम्पनीले ८ मेगावाटको अर्को सौर्य विद्युत आयोजना निर्माण गर्न बैंक अफ काठमाडौंसँग वित्तीय व्यवस्थापन सम्झौता गरिसकेको छ ।

ङादी ग्रुपको साधारणसभा पनि असोज ३ मा  
ङादी ग्रुप अफ कम्पनीको वार्षिक साधारणसभा आगामी असोज ३ गते हुने भएको छ । कम्पनीले विद्युत बिक्रीबाट आर्जन गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदनका लागि साधारणसभामा पेश गर्ने कार्यसूची छ ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ३ सय ६० रुपैयाँ पुग्ने र यही पुँजीको २ सय प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा लगिने कम्पनीले जनाएको छ । कम्पनीले लमजुङमा निर्माण गरेको ५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit