विद्युत अपडेट

  • प्राधिकरण : ७८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२४५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९६२९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६३६३१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९९ मे.वा.
२०८२ साउन २३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सञ्चालन गरेको ३० दिने सेवाकालीन तालिम सम्पन्न गरेको छ । प्राधिकरण तालिम व्यवस्थापन विभागले असार १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको तालिम सम्पन्न भएको हो ।

तालिम समापन समारोहमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले तालिमलाई उच्च महत्त्व दिएको र आगामी दिनमा सेवाकालीन तालिमलाई अभियानकै रूपमा सञ्चालन गर्ने बताए । आगामी ५ वर्षभित्र सम्पूर्ण कर्मचारीलाई यस्तो तालिम दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिए ।

यसैगरी, इन्जिनियरिङ सेवा निर्देशनालयका  उपकार्यकारी निर्देशक फणीन्द्रराज जोशीले तालिममा सिकेको ज्ञान तथा सीपले प्रशिक्षार्थीको कार्यसम्पादन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । साथै, विभागका निर्देशक मोतिलाल महताराले तालिममा उत्तीर्ण सम्पूर्ण प्रशिक्षार्थीलाई वधाई ज्ञापन गरेका थिए । 

सहभागीको तर्फबाट समेत तालिम अत्यन्त प्रभावकारी रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरिएको थियो । कार्यकारी निर्देशकको निर्देशनअनुसार तालिमलाई थप प्रभावकारी बनाउने कार्य गर्ने विभागका प्रशासन प्रमुख भरत केसीले प्रतिबद्धता जनाए ।

विभागका अनुसार उक्त तालिममा तह ३ का २० जना इलेक्ट्रिसियनको सहभागिता रहेकोमा सबै प्रशिक्षार्थी उत्तीर्ण भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३