विद्युत अपडेट

  • प्राधिकरण : ७८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२४५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९६२९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६३६३१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९९ मे.वा.
२०८२ साउन २४, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । जिरी नगरपालिका–९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत केन्द्रको विद्युत्‌गृहमा पहिरोले क्षति पुर्‍याएको छ । वर्षासँगै आएको पहिरोले विद्युत्‌गृहसहित अन्य केही उपकरणमा क्षति पुर्‍याएको हो । 

माथिबाट पहिरो आउँदा ६३५ किलोवाटको उक्त जलविद्युत् केन्द्रको विद्युत्‌गृह भत्किएको र विद्युत् उत्पादन युनिटमा पुरेको आयोजनाको प्रवर्द्धक खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाका महाप्रबन्धक कुमार फुयाँलले जानकारी दिए । 

उनका अनुसार आइतबार दिउँसो आएको पहिरो स्काभेटर प्रयोग गरेर पन्छाइएको छ । खिम्ती–१ जलविद्युत केन्द्रले आयोजना प्रभावित दोलखा र रामेछापका बासिन्दालाई विद्युतीकरण गर्न ६३५ किलोवाटको झाँक्रे खोला साना जलविद्युत केन्द्र र ४०० किलोवाटको हलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरी उक्त सहकारीलाई हस्तान्तरण गरेको थियो । 

विद्युत् उत्पादन युनिटका उपकरणमा समस्या आएपछि गत फागुनदेखि उक्त जलविद्युत् केन्द्रको उत्पादन भने बन्द भएको थियो । विद्युत् उत्पादन बन्द भएकै बेला पहिरोले समेत विद्युत्‌गृहमा क्षति पुर्‍याएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३