विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकाेसी–मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रूत गतिमा अगाडि बढाउने बताएका छन् । 

पूर्वाधार विकास समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको भन्दै बाँकी कामका लागि कार्यतालिका मागेर द्रूत गतिमा अगाडि बढाउन खोजिएको बताए ।

मन्त्री खड्काका अनुसार ‘गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्‍याएको इन्सुरेन्स नपाएको कारण आयोजना केही ढिलाई हुन पुगेको पाइन्छ, हामीले ‘वर्क सेडुल’ मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ ।’ 

उनले सुनकाेसी–मरिन आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाको बारेमा जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्नका लागि फाइदा पुग्ने बताए । 

उनले पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गरेका छन् । ‘कुनै एक विधेयकलाई अगाडि बढाएर अर्को विधेयक रोक्नुपर्छ भन्ने छैन, दुवै विधेयकलाई टुङ्ग्याऔँ भन्ने हो,’ उनले बताए । 

उनले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत् वक्यौता उठाउन समिति बनाएर छानविन गरिरहेको पनि बताएका छन् । प्रयोग गरेको विद्युत्‌को विल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । 

मन्त्री खड्काले बजेटमा आएको 'टेक एन्ड पे' को व्यवस्था परिमार्जन भइसकेको बताउँदै यससम्बन्धमा भ्रममा नपर्न आग्रह पनि गरे । उनले जलस्रोत विधेयकका सवालमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उक्त विधेयकका बारेमा प्रधानमन्त्री र मन्त्रीहरूले चासो राख्नु स्वभाविक भएको बताए । 

उक्त विधेयक राष्ट्रिय सभामा पुगेकाले सो विधेयक चाँडो राष्ट्रिय सभामा पेश हुने बताए । जलस्रोत विधेयक समितिबाट पास गरेर प्रतिनिधिसभामा पठाउनु पूर्वाधार समिति, मन्त्रालय र सरकारको ठूलो उपलब्धि भएको मन्त्री खड्काको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३