विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ साउन १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नंम्बर ८ मा निर्माण भएको साँघु खोला–१ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । हिमपर्वत हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको २ जलविद्युत् आयोजना मध्ये पहिलो चरणमा ५.५ मेगावाटको उक्त आयोजनाले शुक्रबारदेखि परीक्षण उत्पादन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरणबाट आएको प्राविधिक टोलीले एक सातादेखि विद्युत्गृह, सबस्टेसन र प्रसारण लाइनका उपकरणको परीक्षण गरी सफल भएपछि उत्पादन सुरू गरेको आयोजनाको प्रबर्द्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङले ऊर्जा खबरलाई जानकारी दिए । परीक्षण सफल भएकाले १५ दिनसम्म  प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि व्यवसायिक उत्पादन थालिने उनले बताए ।

साविक आलम्पू गाविस र चिलंखा गाविसको बीच भएर बग्ने साँघु खोला र चिलंखातिरबाट आउने स्याँखु खोलाको दोभानभन्दा ३०० मिटरमाथि बाँध बाँधेर पानी फर्काई पेगु दोभानमा खसाली ५.५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी एउटा आयोजना निर्माण गरिएको छ ।आयोजनाको बाँधमा स्याखु खोलाको पानी समेत फर्काएर मिसाउने योजना छ ।

आयोजनाको १४९ मिटर ग्रस हेड रहेको छ भने हेडरेर र पेनस्टक पाइपको लम्बाई २ हजार ३१२ मिटर रहेको छ । विद्युत् प्रसारणका लागि पेगु दोभानदेखि सोरुङ खोलासम्म  १३२ केभी स्विचयासम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको छ ।

हिमपर्वतले नै निर्माण गरिरहेको २० मेगावाटको अर्को आयोजनाबाट एक महिनापछि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । पेगु दोभानमा विद्युत् गृहबाट निस्केको पानीलाई सोझै पेनस्टकबाटै २० मेगावाटको साँघु खोला जलविद्युत् आयोजनाको हेडपोन्डमा हालिएको छ । 

साँघु खोला र पेगु खोलाको दोभानमा पेगु खोलाको पानीलाई समेत बाँध निर्माण गरी फर्काएर बालुवा थिग्रयाउने पोखरी बनाएर दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा ल्याएर विद्युत् उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ ।

२० मेगावाटको आयोजनाको सिभिल, प्रसारण लाइन र विद्युत्गृहको सबै काम पूरा भएका छन् । पेनस्टक पाइप जडान पूरा गरी त्यसको प्रेसर परीक्षणको काम भइरहेको अध्यक्ष गुरुङले बताए । पाइप जडानको काम र विद्युत गृहको सामान्य काम एक महिनामा पूरा गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका इञ्जिनयर प्रविण घिमिरेले जानकारी दिए ।

यो आयोजनाको हेडरेस र पेनस्टक पाइपको लम्बाई ५ हजार ८१० मिटर रहेको छ । सोरुङ खोलामा विद्युत गृह निर्माण भएको छ । विगु गाउँपालिका–८ मा हाल निर्माणाधीन ३ वटै आयोजनाको विद्युत् जोड्न मिल्ने गरी स्विचयार्ड निर्माण भएको छ ।

यहाँ भविष्यमा निर्माण हुने जलविद्युत आयोजनाहरूलाई समेत लक्षित गरी स्वीच्याड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सबस्टेसनमा जोडिएको छ ।  सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण भएका छन् ।

दुवै आयोजनाको निर्माण व्यवसायी सिभिलततर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलमा फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकलमा डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनमा सम्प्रधा ट्रेडिङ प्रालि रहेका छन् ।

हिम पर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ८० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब १५ करोड लागत अनुमान गरिएको छ ।

दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा हिमालयन बैंक र माछापुछ्रे बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानीको अनुपात ६५ः३५ रहेको छ । हिमपर्ततका यी आयोजनामा अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ४८ करोड स्वपुँजी लगानी गरेको छ ।

हिमपर्वत हाइड्रोपावरले ५९.१५ करोड रुपैयाँ बराबरका ५९.१५ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौता अनुसार आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी जम्मा ५९.१५ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

हिमाल गुरूङ नेतृत्वको टिमले यसअघि दोलखाकै गौरीशंकर गाउँपालिका वडा नम्बर ५ र ६ भई बग्ने सुरी खोलामा मकरजितुमाया हाइड्रोपावर लिमिटेडमार्फत २ वटा आयोजना निर्माण गरी १५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । नेप्सेमा सूचीकृत भई मकरजितुमाया धितोपत्र बजारमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३