विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइनको रुट सार्नुपर्ने माग लिएर उदयपुरका स्थानीयबासी काठमाडौं आइपुगेका छन् । कटारी नगरपालिकाको मरुवामा पर्ने प्रसारण लाइनको रुट बदल्नुपर्ने माग राख्दै आएका स्थानीय बासी प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई भेट्न भन्दै राजधानी आइपुगेका हुन् ।

कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ मरुवाका स्थानीयबासी लिएर काठमाडौं आएको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनका अनुसार स्थानीयबासीसँग पटक–पटक भएको छलफल र परामर्शबाट समस्या समाधान हुन नसकेपछि स्थानीयबासी राजधानी आएका हुन् ।

‘मरुवामा स्थानीयबासीले १० वटा टावरको काम सुरु गर्न दिएका छैनन्,’ उनले ऊर्जा खबरसँग भने, ‘पहिले ऐलानी जग्गाको मुआब्जा र क्षतिपूर्ति माग्नु भयो । अहिले मुआब्जा र क्षतिपूर्ति पाउने भएपछि फेरि प्रसारण लाइनको रुट फेर्नुपर्छ भन्नुहुन्छ ।’ उनले प्राविधिकरूपमा प्रसारण लाइनको रुट सार्न सम्भव नहुने बताए ।

राजधानी आइपुगेका स्थानीयले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेट्ने कार्यक्रम छ । स्थानीयबासीलाई नगर प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई पनि भेटाउन काठमाडौं ल्याएको गौतमले जानकारी दिए ।

प्रसारण लाइन अन्तर्गत मरुवा क्षेत्रमा १० वटा टावर निर्माण गर्नुपर्नेछ । स्थानीयबासीले अहिले सम्म प्रसारण लाइनको टावर राख्ने जग खन्न दिएका छैनन् । यो क्षेत्रमा डेढ वर्षदेखि काम अघि बढ्न सकेको छैन ।

अवरोध नभएका स्थानको काम सकिँदै गएकाले ठेकेदारका लागि काम गर्ने वातावरण बनाइदिन नसक्ने अवस्था आएको उनले बताए ।
‘अहिलेसम्म प्रसारण लाइनको ३ सय २ मध्ये २ सय ९२ वटाको जग खनेर सकिएको छ । २ सय ९१ वटा टावर खडा भइसकेका छन् । ९० मिलोमिटर लामो प्रसारण लाइनमा ७५ किलोमिटर तार पनि टाँगेर सकिएको छ । अब मरुवाको काम मात्रै बाँकी छ । खै कसरी समस्या समाधान हुने हो’ उनले भने ।

तत्कालै समस्या समाधान हुने हो भने चैतभित्र प्रसारण लाइन सम्पन्न गर्न सम्भव रहेको गौतमले दाबी गरे । स्थानीय अवरोधले प्रसारण लाइनको निर्माण रोकिँदा  यसको असर सोलु बेसिनका जलविद्युत आयोजनामा परिरहेको छ । प्रसारण लाइन सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । 

निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका पनि सरिरहेको छ । यो प्रसारण लाइनमा प्रवाह हुने गरी अहिले सोलु बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । माथिल्लो सोलु र तल्लो सोलुको निर्माण सकिन लागेकाले प्राधिकरणलाई प्रसारण लाइन सम्पन्न गर्नुपर्ने दबाव छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit