विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीय सामाग्री र सेवा प्रवाह सम्बन्धी बृहत प्रदर्शनी फिन इलेक्ट्रो–टेक २०२२ को दोस्रो दिन (शुक्रबार) अवलोकनकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको दोस्रो दिन १६ हजार बढीले अवलोकन गरेका छन् ।

नेपाली उपभोक्ताहरूको रुची र सामर्थअनुसारका सामग्रीहरूबाट अवलोकनकर्तामा उत्साह बढेको पाइएको छ । प्रर्दशनीमा विशेषगरी विद्युत प्रविधि क्षेत्रका विज्ञहरूको उपस्थिति बढी रहेको फीनका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले बताए ।

‘प्रदर्शनी निकै उत्साहपूर्ण छ, सोचेभन्दा बढी अवलोकनकर्ताहरू आइरहनुभएको छ, हामी साह्रै खुसी छौं’ पौड्यालले भने , ‘प्रदर्शनीमा राखिएका नवीनतम र अत्याधुनिक विद्युतीय सामग्रीहरूको अवलोकन जो कोहीलाई लाभदायी छ । अब दुई दिन बाँकी छ, घर बनाइरहेका उपभोक्ताहरू, इलेक्ट्रोनिक व्यवसायी, इन्जिनियर, विद्यार्थी लगायत सर्वसाधारणलाई एकपल्ट मेला अवलोकन गर्न अनुरोध गर्न चाहन्छु ।’

प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो । मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।

चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु राखिएको छ । गुणस्तरीय सामानहरुको उत्पादन तथा बिक्री वितरण मार्फत उपभोक्ताहरूलाई सुविधा दिनु पनि प्रर्दशनीको मुख्य उद्देश्य रहेको छ ।

प्रदर्शनीको पहिलो दिन ११ हजार ७७० जनाले अवलोकन गरेका थिए । ४ दिनसम्म चल्ने प्रदर्शनीमा करिव ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit