विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माण गरिएको ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम संखुवासभा जिल्लाका स्थानीयले मुआब्जा दररेट निर्धारण नभएको भन्दै ठप्प पारेका छन् ।

जिल्लाको खाँदबारी नगरपालिकाका स्थानीयले मुआब्जा र क्षतिपूर्ति दररेट नै निधार्रण नगरी आयोजनाको काम सुरु गरेको भन्दै काम ठप्प पारेको वडा नम्बर ८ का अध्यक्ष डम्बर बहादुर कटुवालले बताए । ‘मुआब्जा दररेट नै निर्धारण नगरी लाइनको टावर राख्न खाल्डो खन्ने तयारी गरेकोले स्थानीयले काम ठप्प पारेका छन्’, उनले ऊर्जा खबरसँग भने, ‘लाइन संघर्ष समितिलगायत स्थानीयको टोलीले शुक्रबार स्थलगल अवलोकन गरी कामदारलाई काम गर्न नदिएका हुन् ।’

भोजपुर लगायतका जिल्लामा मुआब्जा निर्धारण ढिलो हुँदा काम सकाएर पछि मुआब्जा वितरण गरेको भन्दै सोही अनुसार क्षतिपूर्ति र मुआब्जा नै निर्धारण नगरी अरुण तेस्रोले संखुवासभामा पनि काम सुरु गरेको कटुवालले बताए ।

लाइनको मुआब्जा दररेट नै कायम नगरी जग्गा कब्जा गर्न थालेको स्थानीयको आरोप छ । जग्गा धनीको माग अनुसार अर्थात माथिल्लो अरुण सरह अनुपात मिलाएर अरुण तेस्रोले पनि मुआब्जा र क्षतिपूर्ति दर निर्धारण गरी वितरण गर्नुपर्ने कटुवालको भनाइ छ ।

लाइन टावर रहने क्षेत्र, आबादी जग्गा, वन, घरटहराको उचित मुआब्जा र क्षतिपूर्ति निर्धारण गरेर मात्र काम थाल्न स्थानीयको माग छ । लाइनको मुआब्जा निर्धारण गर्न सरोकार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, अन्य सरोकार निकाय र अरुण तेस्रोलाई पटक–पटक ज्ञापनपत्र बुझाएको र छलफल गरे पनि बेवास्ता भएको कटुवाललको भनाइ छ । उनका अनुसार अब मुआब्जा र क्षतिपूर्ति दररेट निर्धारण नभएसम्म लाइनको काम सुरु हुँदैन् ।

निर्माणाधीन ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि २३३ किलोमिटर लामो यो लाइनको काम २०७७ माघदेखि सुरु भएको थियो । २७७ किलोमिटर लामो डिडिङ–ढल्केबर–बथनाह लाइन निर्माणको काम सतलज जलविद्युत निगम (एसजेभिएन) अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit