विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी-पहिरोले क्षति पुर्‍याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना छिटाेभन्दा छिटाे सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने बताएका छन् । आज (असोज ३ गते) आयोजनास्थलको अवलोकन भ्रमण गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले क्षति पुगेको आयोजनाको बाँध क्षेत्र, विद्युत्‌गृह, पहुँचमार्ग लगायत संरचनाको समेत अवलोकन गरेका छन् । साेही क्रममा उनले आयोजनामा क्षति पुग्दा राज्यले दैनिकरूपमा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए ।

'आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब ८५ करोड ६ लाख ४७ हजार ९३० रुपैयाँ घाटा व्यहोर्नुपरेको छ, यसको प्रत्यक्ष असर राज्य र जनतामा परेको हुँदा उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउनुपर्‍यो,' उनले भने, 'आयोजना लामो समय बन्द हुँदा भोलि ऊर्जा सङ्कट उत्पन्न हुन सक्छ । यसैले यसको मर्मत सम्भार तथा पुनर्निर्माणमा मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्नेछ ।'

भ्रमणकै क्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भए पनि विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार हेडवर्क्स क्षेत्रमा थुप्रिएको ढुङ्गा, माटो र ग्रेगान हटाउने काम भइरहेको छ । यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुङ्गा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा आउन जान समस्या परेको उनको भनाइ छ ।

आयोजना अवलोकनमा मन्त्री सहित मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायत रहेकन थिए । बाढी-पहिरोका कारण पहिरोमा परेर उक्त सुरक्षाकर्मी सहित चार जनाले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३