images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) मुख्य लगानी रहेको १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको निर्माण तोकिएकै समयभित्रै सम्पन्न गर्न निर्देशन दिइएको छ । सोमबार र मंगलबार (चैत ६ र ७ गते) आयोजनाको अनुगमन गर्न पुगेका एडिबीका आवासीय निर्देशक आर्नो कुश्वा तथा नेपाल विद्युत प्राधिकरणको उच्च अधिकारीहरूले उक्त निर्देशन दिएका हुन् ।

निर्माण तालिका अनुसार आयोजनाको निर्माण २०८३ साल जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ४३ प्रतिशत पूरा भएको जनाइएको छ ।

टोलीले आयोजनाको बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनाहरूको निर्माण कार्यको स्थलगत भ्रमण गरेका थिए । यस्तै, आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरू) र तेस्रो प्याकेज (दमौली-भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरूसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृतरूपमा छलफल गरिएको तनहुँ हाइड्रो पावर लिमिटेडले जानकारी दिएको छ ।

‘मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ’, कुश्वाले भने । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए ।

‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकणहरू थप गरी कामलाई तीव्रताका साथ अगाडि बढाउनुपर्छ’, उनले भने, ‘आयोजनाका तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरणमा हामी सँधै तयार छौं ।’

आयोजनाको प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि. नेपाल जेभी ले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरू भइरहेको छ । ५३८.५ मिटर लामो डाइभर्सन सुरुङ-१ र ६२२.५ मिटर लामो डाइभर्सन सुरुङ-२ को खन्ने काम पूरा गरी कंक्रिट लाइनिङको काम भइरहेको छ ।

प्योकेज-२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चिनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरू गरिरहेको छ ।  विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङको काम भईरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्जट्यांक निर्माण कार्य भइरहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

प्याकेज-३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ किलोमिटर तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनामा कूल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit