विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशमा जलविद्युत उत्पादन सुरु भएको करिब १११ वर्षमा विद्युत जडित क्षमता २१६७ मेगावाट पुगेको छ । २०६८ साल जेठ ९ गतेदेखि सञ्चालनमा आएको ५ सय किलोवाटको फर्पिङदेखि २०७८ साल फागुन २२ गते उत्पादन सुरु भएको १० मेगावाटको काबेली बी–१ क्यासकेडसम्म गणना गर्दा उक्त परिमाण पुगेको हो ।

विद्युत उत्पादनको इतिहासदेखि २०७८ साल फागुन २२ गतेसम्मलाई गणना गर्ने हो भने ११० वर्ष ९ महिना १३ दिन हुन्छ । यस अवधिमा सरकार (नेपाल विद्युत प्राधिकरण तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र) र निजी क्षेत्रको लगानीमा निर्माण भई जलविद्युत, सौर्य, वायु लगायत आयोजना सञ्चालनमा आएका छन् ।

फर्पिङले उत्पादन सुरु गरेको करिब २३ वर्षपछि ६६० किलोवाटको सुन्दरीजल सञ्चालनमा आएको थियो । तर, पछिल्ला वर्षहरूमा वार्षिक ६–७ सय मेगावाटको हाराहारीमा विद्युत प्रणालीमा जोडिन थालेका छन् । २०७८ सालमा देशको अर्थतन्त्रले गति लिन नसके पनि विद्युत विकासले भने गति लिएको पाइन्छ । यो सालमा मात्र सानाठुला गरी करिब ७ सय ४२ मेगावाटका २२ आयोजनाको विद्युत प्रणालीमा थपिएको छ । जससा ७२९ मेगावाटका १९ जलविद्युत र १३ मेगावाटका ३ सौर्य आयोजना छन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि ऊर्जा क्षेत्रमा नयाँ सञ्चार भएको देखिन्छ । तामाकोसी सञ्चालनमा आउनु अघि प्राधिकरणले बर्खामा पनि विद्युत आयात गर्ने गरेको थियो, अहिले हिउँदमा मात्र आयात गर्ने गरेको छ ।

अर्को वर्षदेखि हिउँदमा पनि आयात गर्नु नपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँदै आएका छन् । २०७८ साल सुरु भएलगत्तै पिखुवा खोला हाइड्रो पावर कम्पनीले ८ मेगावाटको टक्सार पिखुवाको निर्माण पूरा गर्यो । यसबाट बैशाख १ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो ।

यसैगरी, सोही वर्षको जेठ १ गते शिव श्री हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ को विद्युत प्रणालीमा थपिएको थियो । यस्तै, असार ३ गते माउन्टेन इनर्जी नेपालले म्याग्दीमा निर्माण गरेको ४२ मेगावाटको मिस्ट्री खोलाबाट उत्पादन सुरु भएको थियो । यो आयोजना प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँमा सम्पन्न भएको थियो ।

प्रणालीमा जोडिएको मध्ये सबैभन्दा ठूलो प्राधिकरणको सहायक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले दोलखामा निर्माण गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी हो । यो आयोजनाको परीक्षण उत्पादन असारबाटै भए पनि व्यापारिक उत्पादन भदौ ४ गतेबाट सुरु भएको थियो । यस्तै, निजी लगानीमा रिचेत जलविद्युत कम्पनीले निर्माण गरेको ५ मेगावाटको रिचेत खोलाले साउन २८ गतेदेखि व्यापारिक उत्पादन थालेको थियो ।

दोलखामा निर्माण सम्पन्न भएको २५ मेगावाटका सिंगटी खोलाको विद्युत साउन २ गतेदेखि प्रणालीमा जोडिएको थियो । आयोजनाले १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको थियो । १३२ केभी सिंगटी लामोसाँघु प्रसारण लाइनको ढिलाईले निर्माण पूरा भएको करिब डेढ वर्षपछि मात्र प्रणालीमा जोडिएको थियो । यो अवधिमा प्रणालीमा आउनेमा सामलिङ पावरले निर्माण गरेको ९.६ मेगावाटको माई बेनी, ग्रिन भेन्चर्स निर्माण गरेको  ५२.४ मेगावाटको लिखु–४ आयोजना छन् ।

माई बेनीले असोज १ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । यो आयोजनाले उत्पादन गरेको विद्युत विद्युत काबेली कोरिडोरको १३२÷३३ केभी गोदक सबस्टेसनमा जोडिएको छ ।
असोजमै २० मेगावाटको तल्लो मोदीको विद्युत प्रणालीमा जोडिएको छ । आयोजनाको विद्युत असोज १४ गतेबाट व्यापारिक उत्पादन सुरु भई न्यू मोदी सबस्टेसनमा जोडिएको हो । यही अवधिमा युनिभर्सल पावर कम्पनीको ११ मेगावाटको तल्लो खारे खोला, एसियन हाइड्रो पावरले निर्माण गरेको ६.२ मेगावाटको तल्लो जोगमाई आयोजना सम्पन्न भई प्रणालीमा आएका छन् ।

कात्तिकमा लिखु–४,  तल्लो जोगमाई र तल्लो खारेले निर्माण पूरा भई उत्पादन सुरु गरेका हुन् । लिखु–४ को विद्युत कात्तिक ६ गते विद्युतगृहदेखि १७ किलोमिटर दुरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ । खारेको विद्युत १३२ केभी सिंगटी सबस्टेसनमा र जोगमाइको १३२ केभी काबेली कोरिडोरको गोदक सबस्टेसनमा जोडिएको छ । ४ मेगावाटको माथिल्लो छ्याङदीको मंसिर ६ गते, ६.६ मेगावाटको साप्सुप खोलाको विद्युत मंसिर ११ गते प्रणालीमा जोडिएको छ ।

यस्तै, माघमा २.४ मेगावाटको स्याङ्गे खोला र ५१ मेगावाटको लिखु खोला ‘ए’ को विद्युत प्रणालीमा जोडिएको छ । अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत १९ गतेदेखि ३३ केभी लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिएको छ । लिखु खोला ‘ए’ नुम्मर हिमालयन हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजना हो । 

फागुनमा पनि १३.५ मेगावाटका दुई जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएको छ । ८.५ मेगावाटको माथिल्लो हेवा र ५ मेगावाटको तादी खोलाको विद्युत प्रणालीमा जोडिएको हो । अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले संखुवासभामा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत १५ गतेदेखि प्रणालीमा जोडिएको हो ।

बुद्धभूमि हाइड्रो  पावर कम्पनीले निर्माण सम्पन्न गरेको तादी खोलाको विद्युत गत फागुन २० गतेदेखि प्रणालीमा जोडिएको हो । आयोजनाको विद्युत २ किलोमिटर दूरीमा रहेको समुद्रटार सबस्टेसनमा जोडिएको छ । १० मेगावाटको काबेली बी–१ क्यासकेडको विद्युत पनि गत  फागुन २२ गतेदेखि प्रणालीमा जोडिएको छ । यो आयोजना अरुण भ्याली डेभलपमेन्ट कम्पनीले निर्माण गरेको हो । 

यो अवधिमा १० मेगावाटका ३ सौर्य आयाजनाको विद्युत प्रणाली जोडिएको छ  । तनहुँको बेलचौतारामा निर्माण भएको ५ मेगावाटको सौर्य विद्युत आयोजना पनि गत भदौ २९ गतेदेखि प्रणालीमा जोडिएको छ । यो आयोजनाको विद्युत खैरेनीटार सबस्टेसनमा जोडिएको छ ।

अपि पावर कम्पनीले निर्माण गरेको ४ मेगावाटको चन्द्रनिहापुर र १ मेगावाटको ढल्केबर सौर्य आयोजनाको विद्युत प्रणालीमा जोडिएको छ । यस्तै, इन्दु शंकर चिनी उद्योगले पनि फागुन १ गतेदेखि ३ मेगावाट विद्युत उत्पादन गरेको छ ।

यो अवधिमा ४०.५ मेगावाटकोे दुई जलविद्युत आयोजनाको निर्माण पुरा भई परीक्षण भइरहेको छ । ३६ मेगावाटको बलेफी ‘ए’ र ४.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको हो ।

सिन्धुपाल्चोकमा परीक्षण भइरहेको बलेफी ‘ए’ आयोजना बलेफी हाइड्रो पावर कम्पनीको र तेह्रथुममा निर्माण सम्पन्न गरी परीक्षण भइरहेको माथिल्लो खोरुङ्गा रिलायवल हाइड्रो पावर कम्पनीको हो । यो अवधिमा ८६ मेगावाटका आयोजनाको विद्युत प्रणालीमा आउन सकेको छैन । २ जलविद्युत आयोजनाका प्रवद्र्वकले आफ्नो दायित्वमा रहेको प्रसारण लाइनको काम समयमा सम्पन्न गर्न नसक्दा ३७ मेगावाट विद्युत प्रणालीमा जोडिन सकेको छैन् ।

सुरी हाइड्रो पावर कम्पनीले प्राधिकरणको सबस्टेसनसम्म निर्माण गर्नुपर्ने लाइन सम्पन्न गर्न नसक्दा सुरी खोलाको ७ मेगावाट विद्युत प्रणालीमा आउन सकेको छैन् । यस्तै, एमभी दुगड समूहले पनि न्यू खिम्ती सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन निर्माण पूरा नगर्दा ३० मेगावाटको लिखु ‘ए’ को विद्युत प्रणालीमा जोडिन नसकेको हो । यो आयोजना निर्माणको काम गत भदौमा नै सम्पन्न भइसकेको छ ।

प्राधिकरणले प्रसारण लाइन सम्पन्न गर्न नसक्दा उपल्लो र माथिल्लो खिम्तीको १९ मेगावाट विद्युत पनि खेर गइरहेको छ । प्राधिकरणले गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइका कारण यी आयोजनाको विद्युत खेर गइरहेको हो । लाइन निर्माण पूरा नहुँदा २०७७ फागुनमा निर्माण सम्पन्न भएको दुई आयोजनाको विद्युत प्रणालीमा आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३