विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दार्चुलास्थित ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको ३५ प्रतिशत निर्माण पूरा भएको छ । निर्माण सुरु भएको ६ महिनामा आयोजनाको सिभिल संरचना निर्माणतर्फको यति काम सकिएको हो ।

आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माण गर्न चमेलिया नदी फर्काउने कार्य पूरा भई वेयर तथा डिसेन्डर (बालुवा थिग्राउने पोखरी) को काम भइरहेको प्रवद्र्धक अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । उनका अनुसार डिसेन्डरको निर्माण ५० प्रतिशत पूरा भएको छ ।

‘हाम्रो आयोजनामा सबै संरचना निर्माणको काम धमाधम हुँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिलेसम्मको प्रगति हेर्दा लक्ष्यभन्दा चाँडै आयोजना सम्पन्न हुन्छ भन्ने लागेको छ ।’ 

४० मेगावाटको आयोजना भए पनि यसमा सुरुङ छैन । चमेलिया नदीको पानी विद्युतगृहमा खसाल्न ३.३ मिटर ब्यास भएको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिने भएको छ । पाता आयात गरेर आयाेजना स्थलमै पाइप तयार गरेर जडान सुरु गरिएकाे पनि उनले बताए ।

उनले विद्युतगृहको संरचना निर्माणका लागि जग खनेर ढलान सुरु गरिएको बताए । आयोजना निर्माणको ठेक्का चन्द्र एण्ड बसन्त र ग्वालेक निर्माणसेवा जेभी तथा लट्टीनाथ कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ ।

चन्द्र एण्ड बसन्त र ग्वालेक निर्माणसेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लट्टीनाथ कन्स्टक्सनले विद्युतगृहमा काम गरिरहेको न्यौपानेले बताए ।
यो आयोजनाबाट २०७९ साल फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणले यो लक्ष्य दिए पनि यसभन्दा अघि नै विद्युत उत्पादन गरेर राष्टिय प्रसारण प्रणालीमा जोड्ने उनका दाबी छ ।

‘हाम्रो आयोजनामा प्रसारण लाइन तथा स्थानीय अवरोधको समस्या छैन । पहुँच सडकको समस्या छैन । १६ सय जना स्थानीयबासी नै लगानीकर्ता भएकाले पनि काम गर्ने वातावरण बनेको छ । अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्यअघि नै सम्पन्न हुने सम्भावना देखिन्छ’ उनले भने ।

आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी बलाँच सबस्टेसनमा जोडिने छ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको दुरी १६ किलोमिटर छ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनको ५७ वटा टावर कम्पनीले नै निर्माण गर्दैछ ।

उनले प्रसारण लाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम सुरु गरिसकेको बताए । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ ।
यो आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य, नेपाल, नेपाल बंगालादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो । २ अर्ब २२ करोड रुपैयाँ (३० प्रतिशत) स्वपुँजी लगानी छ । 
आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिना र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । कम्पनीले आयोजनाको विद्युत बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य बृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

माथिल्लो चमेलिया अपि पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि नै दार्चुलामा साढे १६ मेगावाटका २ आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।

कम्पनीले जलविद्युतसँगै सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीले निर्माण गरिरहेको ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना बैशाखभित्र राष्ट्रिय प्रणालीमा जोडिँदैछ । १–१ मेगावाटका सिमरा र ढल्केबर सौर्य विद्युत आयोजनाको निर्माण सुरु हुँदैछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit