विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले करिब साढे ७ हजार मेगावाट बराबरको २ सय ६४ जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरेको छ । विद्युत विकास विभागले अध्ययन पूरा भएका आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको हो ।

जलविद्युत, चिनी उद्योग र सोलारबाट विद्युत उत्पादन गर्न कम्पनीको नाममा अनुमतिपत्र जारी गरेको विभागले जनाएको छ । विभागका अनुसार यी आयोजनाबाट करिब ७ हजार ५ सय ५० मेगावाट विद्युत उत्पादन हुनेछ ।

उत्पादन अनुमति प्राप्त गर्नेमा २ सय ४४ जलविद्युत आयोजना रहेका छन् । यी आयोजनाले करिब ७ हजार ४ सय ३० मेगावाट विद्युत उत्पादन गर्नेछन् । आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरण र निजी जलविद्युत प्रवर्द्धकले लिएका छन् ।

०.१०० मेगावाटदेखि ४ सय ५६ मेगावाट सम्मका आयोजनाले उत्पादन अनुमति पाएका छन् । विभागले १ मेगावाट भन्दा साना २५ जलविद्युत आयोजनाका नाममा उत्पादन अनुमति जारी गरेको छ । यी आयोजनाले करिब १९ मेगावाट विद्युत उत्पादन गर्नेछन् ।  बाँकी ७ हजार ४ सय ११ मेगावाट बराबरको २ सय १९ जलविद्युत आयोजना १ मेगावाट भन्दा ठुलो आयोजना छन् ।

यसैगरी, सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्न १७ आयोजनाले अनुमति लिएको विभागको वेबसाइटमा उल्लेख छ । यी आयोजनाले १ सय १० मेगावाट बराबरको विद्युत उत्पादन गर्नेछन् । सोलारको हकमा १ मेगावाटदेखि १० मेगावाटसम्मका आयोजनालाई अनुमतिपत्र दिइएको छ ।

उखुको खोस्टाबाट ९ मेगावाट विद्युत उत्पादन गर्न ३ कम्पनीले अनुमतिपत्र लिएको विभागले जनाएको छ । बारामा रीलायन्स सुगर एण्ड केमिकल उद्योगले, पर्सामा इन्दु शंकर चिनी उद्योगले र धनुषामा एभरेष्ट सुगर एण्ड केमीकल उद्योगले ३/३ मेगावाट विद्युत उत्पादन गर्न अनुमति पाएका छन् । नेपालमा पहिलोपटक एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले महोत्तरीमा निर्माण सम्पन्न गरी ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोडेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit