विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । एसियाली विकास बैंक (एडीबी) ले आगामी ५ वर्षभित्र नेपालको ऊर्जा विकासमा १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको छ । काठमाडौँमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलका क्रममा यस्तो बताइएको हो ।

एडिबीले अहिलेसम्म नेपालको ऊर्जा विकासमा करिब २ अर्ब अमेरिकी डलर बराबरको लगानी गरिसकेको छ । नेपालको महत्त्वपूर्ण विकास साझेदारको रूपमा एडीबीले यहाँ आफ्नो लगानीलाई व्यापकरूपमा विस्तार गर्दै आएको छ ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत निजी क्षेत्रलाई सहजीकरण गर्ने बताए । त्यस्तै ह्वलिङ चार्ज, खुला र प्रतिस्पर्धी विद्युत् बजार विस्तारमा आयोगले काम गरिरहेको उनको भनाइ थियो ।

यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्न करिब ४६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रक्षेपण गरेकोमा त्यसमा स्वदेशी निजी क्षेत्रले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।

‘लगानीको ठूलो अवसरमा बैंक, इन्स्योरेन्स र रि–इन्स्योरेन्सले पनि आफ्नो उपस्थिति जनाउन सक्छन्, साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतका लागि पनि त्यतिकै ठूलो अवसर छ,’ उनले भने, ‘सरकारले एकद्वार प्रणालीमार्फत काम हुने वातावरण बनाउनुपर्छ ।’

अहिले धेरै ठाउँमा विद्युत आयोजना सम्पन्न भए पनि प्रसारणलाइन नभएका कारण आयोजनाको विद्युत खेर गइरहेको पनि कार्कीले बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको जिम्मा दिनुपर्ने पनि उनको धारणा थियो । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा सम्झौता गरेर विद्युत बेच्न सक्ने पनि उनले दाबी गरे ।

कार्कीको भनाइमा केन्द्रित हुँदै एडीबीकी ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारण लाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको बताइन् । यसलाई बढाएर आगामी ५ वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ बिलियन डलर लगानी गर्ने योजना रहेको उनको भनाइ थियो ।

२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा धेरै निकायसँगका विभिन्न चरणमा धेरै चुनौती पार गर्दै आयोजना निर्माण भइरहेको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इपानका सल्लाहकार कुमार पाण्डेले नेपालमा आयोजना बनाउँदा प्रवद्र्धकले अनेक चुनौतीको सामना गनुपर्ने बताए । यस्तै, अर्का प्रस्तोता सरकारका पूर्व–सहसचिव केशवध्वज अधिकारीले नेपाल जलस्रोतमा धनी देश भएपनि ऊर्जा उत्पादन र उपभोगमा पछि परेको लगायत विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३