विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ३२६ सिँचाइ आयोजना निर्माण भएका छन् । बागमती प्रदेश सरकार तथा संघीय सरकारको सशर्त अनुदानमा १ वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा २९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा २८८ वटा योजना सम्पन्न भएका उक्त कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिए । प्रदेश सरकारअन्र्तगतका योजनामध्ये ४ योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने ५ योजना गत असारमा सम्झौता भई काम सुरु भएको छ ।

त्यसैगरी संघीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा २ वटा एकीकृत ऊर्जा कार्यक्रमअन्तर्गतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ ।

अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ बहुवर्षीय सिँचाइ आयोजनामध्ये २ वर्षअघि शुरू गरिएका तीन आयोजनाको काम सम्पन्न भएको इन्जिनियर बुढाथोकीले बताए ।

बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला–चिते–सिङ्गे–चैनपुर सिँचाइ आयोजना मण्डनदेउपुर–३ र ४, आँसीखोला–आँपखोला सिँचाइ योजना मण्डनदेउपुर–४ र लप्सीबोट डिही–ओडारे–घिमिरेगाउँ बञ्जरे–रुप्सेटार मोड सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो ।

जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका–८ स्थित सिँचाइ योजना, पाँचखाल नगरस्थित शङ्करेबाँध–ब्रम्हायणी सिँचाइ योजना निर्माण भइरहेको छ ।

त्यसैगरी पाँचखालकै चाखोला–जोरपिप्ले लिफ्ट सिँचाइ योजना, बनेपाको हिले–जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी–चोपाटार–मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिल्वार रोशी लिफ्ट सिँचाइ योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाइ योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाइ योजना, रोशी खोलाबाट काल्धारसम्मको लिफ्ट सिँचाइ आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

महाभारत गाउँपालिकामा ४ वटा बाहुनविर्ता–मुलिखोला लिफ्ट सिँचाइ योजना, कोखाजोर खोला आपटार गोकुले सिँचाइ योजना, चाउखोला धाप लिफ्ट सिँचाइ योजना, चाउखोला सोक्तेल सिँचाइ योजना र पोखराखोला–बेसारे खानीटार–छाङटार सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन् ।

यसैबीच खानिखोला गाउँपालिका–५ गैरीखोला तालढुङ्गामा १ घर १ धारा कार्यक्रमअन्तर्गत १४५ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको छ ।

गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी १ करोड ६ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाको २०८० साल साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनले उक्त खानेपानी आयोजनाको शनिबार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३