विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागथला हाइड्रो प्रालीले ८ मेगावाटको तल्लो कालंगागाड आयोजना निर्माण अनुमतिपत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।  कम्पनीले उक्त क्षमताकाे आयोजना निर्माण  अनुमतिका लाग विभागमा आवदेन दिएको हो ।

सुदुर पश्चिम प्रदेश बझाङ जिल्लाको साविक सुनकुडा बाझ र रायल गाविसहरू (हालको बित्थिडचिर र केदारस्युँ गाउँपालिका) भएर बग्ने कालंगागाड खोलामा पहिचान भएको आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार विभागबाट अुनमति पाउने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्ने सक्ने प्रतिकुल असरका विषयमा सरोकारलासँग राय सुझाव मागिएको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन माग गरेको छ । नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन वहाव १५.७५ घनमिटर प्रति सेकेण्ड र कूल हेड ६४ मिटर हुने उल्लेख छ । यस आयोजनाबाट बार्षिक सरदर ५४.९५६६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू कालंगागाड खोलाको दायाँ किनारामा पर्दछन् । आयोजनाको मुख्य संरचनाहरू हुँदै पानीलाई विद्युत गृहमा लगिनेछ र तत् पश्चात टेलरेस क्यानल मार्फत पानीलाई सोही खोलामा पठाइनेछ ।

उत्पादित ऊर्जालाई विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरेको १० एम.भि.ए को पावर ट्रान्सफरमरबाट १३२ केभी प्रसारण लाइन मार्फत ३.४ किलोमिटर लामो आयोजनाको स्वीचयार्डमा जोडिनेछ । आयोजनाको विद्युत उत्पादन हुने मितिले बागथल हाइड्रो प्राली र नेपाल विद्युत प्राधिकरणबीच हुने विद्युत खरिद–बिक्री सम्झौतामा उल्लेख भए पश्चात प्रस्ताव गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit