विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित मिदीम खोला बेसिनमा ५ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा पुगेका छन् । मिदिम खोलाको पानी उपयोग हुने गरी निजी लगानीमा २५ मेगावाटका यी आयोजना अघि बढेका हुन् ।

सबै भन्दा ठुलो १३.४२४ मेगावाटको मिदीम–१ जलविद्युत आयोजना निर्माणमा जान लागेको छ । यो आयोजना माउन्ट रसुवा हाइड्रो पावर कम्पनीले निर्माण गर्दैछ । जिल्लाको भुजुङ, भोजे र उत्तरकन्यामा संरचना रहने गरी अघि बढेको आयोजनामा निर्माण सुरु हुन पूर्वका कामहरू भइरहेको संयोजक सुवोध रिजालले बताए ।

मिदीम खोलाको पानी बाँध बाँधेर ७.२१७ किलोमिटर लामो पेनस्टकमार्फत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । आयोजनाको विद्युतगृह ढाक्रेबेसीमा निर्माण हुने उनले बताए । 

यो आयोजनाबाट २०८० साउनभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । उत्पादित विद्युत विद्युतगृहबाट १३ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा लगेर जोडिनेछ । 

यस्तै, ७.५ मेगावाटको माथिल्लो मिदिम आयोजना अहिले निर्माणाधीन छ । यो आयोजना भुजुङ हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको हो । 
अहिलेसम्ममा सिभिल संरचना निर्माणको काम १७ प्रतिशत पूरा भइसकेको आयोजना निर्देशक सोमनाथ कंडेलले बताए । उनका अनुसार २०७८ साउनमा आयोजनाबाट विद्युत उत्पादन गर्ने तालिका छ । तर, विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा उत्पादन अवधि लम्बिने देखिएको उनले बताए ।

कोरोना महामारीको असरले आयोजनाको उत्पादन तालिका १ वर्ष लम्बिन सक्ने पनि उनले बताए । अब आयोजनाले २०७९ साउनदेखि मात्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ । कम्पनीले आयोजना अघि बढाउन विभागबाट २०७६ भदौ २६ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । 

आयोजना पूरा गर्न १ अर्ब ८६ करोड लागत अनुमान गरिएको छ । आयोजनामा कुमारी बैंक (अगुवाई) र  सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वँपुजी लगानी छ । 

यस्तै, मध्य मिदिम जलविद्युत कम्पनीले ३.१ मेगावाटको मिदिम खोला निर्माण गरिरहेको छ । यो आयोजनाको संरचना गिलुङ र करापुमा रहने गरी निर्माण भइरहेको हो । यो आयोजनाको प्रवर्द्धक कम्पनीले ७ वर्ष अघि नै विभागबाट उत्पादन अनुमतिपत्र लिएर काम सुरु गरेको थियो ।

यो आयोजना यसअघि नै सम्पन्न भइसक्नु पर्ने भए पनि अहिलेसम्म विद्युत उत्पादन सुरु हुन सकेको छैन । सय किलोवाटको मिदीम खोला साना जलविद्युत आयोजना पनि अहिले निर्माणाधीन छ । यो आयोजना माइक्रो देउराली बहुउदेश्यीय सहकारी संस्थाले लगानी गरेको छ । १ मेगावाटको तल्लो मिदिम जलविद्युत आयोजना तल्लो मिदीम जलविद्युत कम्पनीले करापुमा निर्माण गरिरहेको छ । 

यसअघि नै मिदिम बेसिनमा निर्माण भएको ३ मेगावाटको मिदिम करापु आयोजना अहिले चालू अवस्थामा छ । युनियन हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले २०७४ माघदेखि विद्युत उत्पादन सुरु गरेको हो । निर्माणाधीन आयोजना सम्पन्न हुँदा देशको अर्थतन्त्रमा योगदान पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit