विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रसुवामा २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । प्रवर्द्धक मल्टी इनर्जी हाइड्रो डेभलपमेन्ट कम्पनीले सोमबारदेखि आयोजनाको सिभिल संरचना बनाउन सुरु गरेको हो ।

आयोजनाको सुरुङ खन्न सुरु गरिएको कम्पनीका प्रबन्धक जनार्दन अर्यालले बताए । उनका अनुसार आयोजनाको साढे ३ किलोमिटर लामो सुरुङ १ वर्षमा खनिसक्ने लक्ष्य छ ।

‘सुरुङको काममा अवरोध नहोस भनेर बर्खाअघि नै खन्न सुरु गरेका हौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिलेबाटै थालिएकाले अब बर्खायामभरी पनि नियमित काम गर्न सकिन्छ ।’ उनले यो आयोजना ठेकेदार परिचालन भएको मितिले २६ महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गरिने बताए ।

आयोजनाको सिभिल संरचनाको काम नेपालकै वाइबा कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट,कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर फेरि नेपाली कम्पनीलाई नै निर्माणको जिम्मा दिइएको अर्यालले बताए ।

आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवास क्षेत्रकाे निर्माण भइसकेकाे छ । बाँध र विद्युतगृहमा पनि जग बनाउन सुरु गरिएकाे कम्पनीले जनाएकाे छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ । आयोजनामा सनराइज बैंकको अगुवाईमा ३ बैंकले लगानी गरेका छन् ।

आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक साढे ५ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

आयोजनाबाट वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममो उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ । यो आयोजना लाङटाङ निुकुञ्ज क्षेत्रभित्र पर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३