विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको उत्पादन लम्बिँदै गएको छ । १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन तथा २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको ६ किलोमिटर खण्ड पूरा नहुँदा लिबर्टी इनर्जी कम्पनीले लमजुङमा निर्माण गरेको आयोजनाबाट विद्युत उत्पादन सुरु हुन नसकेको हो ।

प्रसारण लाइन तयार नभएपछि आयोजनाको विद्युत उत्पादन सुरु गर्ने तालिका सार्न नेपाल विद्युत प्राधिकरणमा पत्र पठाइसकेको कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताए । ‘हाम्रो आयोजना निर्माण पूरा भई विद्युत उत्पादन सुरु गर्न तयारी अवस्थामा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, विद्युत जोड्ने प्रसारण लाइन छैन ।’ 

उनले आयोजनाबाट २०७६ साल चैतदेखि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि प्रसारण लाइनको समस्याले १ वर्ष ढिलो भइसकेको बताए । प्रसारण लाइन तयार भएको १५ दिनभित्र नै व्यापारिक उत्पादन सुरु गर्न सकिने गरी आयोजना तयार भएको उनले बताए ।

करिब ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो वर्ष करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) हुँदा आयोजनाको विद्युत उदिपुर सबस्टेसनमा जोड्ने भनिएको थियो । उदिपुर सबस्टेसन बनिनसकेकाले अब यो आयोजनाको विद्युत किर्तीपुर सबस्टेसनमार्फत  २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन हुँदै मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा लगेर जोडिने भएको छ ।

दोर्दी कोरिडोरमा निर्माणाधीन आयोजनाको विद्युत खेर जान नदिने उद्देश्यले उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख चिरन्तनबिक्रम राणाले बताए । ‘दोर्दी कोरिडोरकै लागि भनेर ६ किलोमिटर प्रसारण लाइन निर्माण भइरकेको छ,’ उनले भने, ‘यो लाइनको १७ मध्ये १० वटा टावर तयार भइसकेका छन् ।’

उनले चैतभित्र टावर ठड्याउने काम सम्पन्न गरी जेठभित्र तार तानेर प्रसारण लाइन सञ्चालनमा ल्याइने बताए । २२० केभीको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेर तत्कालका दोर्दी कोरिडोरको विद्युत मध्यमर्स्याङ्दीको स्वीचयार्डमा पुर्याइने पनि उनले बताए ।

उदिपुर सबस्टेसन सम्पन्न भइसकेपछि फेरि यही सबस्टेसनमा जाेडिनेछ । प्रसारण लाइन यसअघि नै सम्पन्न गर्ने योजना भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा कोरोना महामारीको असरले निर्माण प्रभावित हुँदा सम्पन्न गर्न नसकेको राणाले बताए । 

दोर्दी कोरिडोर प्रसारण लाइन पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । यो प्रसारण लाइनसमेत जेठभित्र सम्पन्न गरी चालू आर्थिक वर्षभित्र नै सञ्चालनमा ल्याउने प्राधिकरणको दाबी छ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला लगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit