विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाकिस्तानले ७ सय मेगावाटको आजाद पट्टान जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । पाकिस्तान स्वशासित कश्मिरकाे जेलुम नदीमा आयोजना निर्माण हुन लागेको हो ।

पाकिस्तानले चिनियाँ लगानीमा आयोजनामा निर्माण गर्दैछ । आयोजना निर्माण गर्न पाकिस्तानले चाइना गेजुबा ग्रुप अफ कम्पनीसँग सम्झाैता गरेकाे छ । चीन–पाकिस्ता आर्थिक कोरिडोर अन्तर्गत याे आयोजना निर्माण हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

१ अर्ब ३ करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना गेजुवाले कूल लागतकाे ८० प्रतिशत लगानी गर्नेछ । पाकिस्तान नवीकरणीय ऊर्जा  डेभलपर लराइब समूहले २० प्रतिशत लगानी गर्नेछ । आयोजनामा चीनको चाइना डेभलपमेन्ट बैंक, चाइना कन्स्ट्रक्सन बैंक, औद्योगिक तथा बाणिज्य बैंक र बैंक अफ चाइनाले ऋण लगानी गर्दैछन् ।

आयोजना निर्माण गर्न आजाद पट्टान पावर प्राइभेट कम्पनी स्थापना गरिएकाे छ ।आयोजनाको विद्युत खरिद सम्झौता (पिपए) भइसकेको छ । आयोजनामा लगानी गर्ने बैंकहरूकाे टुङ्गाे लागिसकेकाले ऋण लगानी सम्झौतामा चाँडै हस्ताक्षर हुन लागेकाे समाचारमा जनाइएकाे छ । 

यो आयोजना निर्माण हुँदा पाकिस्तानमा पेट्रोलियम पदार्थको आयातमा कमी आउनुका साथै उपभोक्ताले सस्तो विद्युत उपयोग गर्न पाउने छन् । आयोजनामा ३ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ । आयोजना सञ्चालनमा आउँदा वार्षिक ३ हजार २ सय ६६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजना सन् २०२७ भित्र सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit