images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत उत्पादनका लागि कोइलाको उपयोग गरेर अधिक कार्बन उत्सर्जन गर्दै आएको चीनले सन् २०२५ सम्ममा थर्मल प्लान्टलाई ‘ब्याकअप’ रुपमा मात्रै सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । चीनले नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको खपत बढाई ऊर्जा दक्षतालाई बढावा दिन कोइलामा आधारित थर्मल प्लान्टबाट हुने विद्युत उत्पादनको परिमाणलाई क्रमशः घटाउँदै लैजाने योजना बनाएको हो ।

बढ्दो कार्बन उत्सर्जन न्युनिकरणको चुनौती बढ्दै गएपछि ऊर्जा उत्पादनमा कोइलामा आधारित थर्मल प्लान्टमाथिको निर्भरता पनि घटाउँदै लैजानु पर्ने चीनलाई दवाव छ । ऊर्जा दक्षतामा सुधार गर्दै जाने तथा कार्बन उत्सर्जन कम गर्ने उद्देश्य राखेर विद्युत उत्पादनका लागि अहिले भइरहेको कोइलाको खपत घटाउँदै लैजाने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

सन् २०२५ सम्म्मा कोइलामा आधारित थर्मल प्लान्टले विद्युत उत्पादन गर्दा  प्रतिकिलोवाट घन्टाका लागि कोइलाको खपत दर ३ सय ग्राममा झार्ने योजना रहेको त्यहाँको आर्थिक योजनाकार राष्ट्रिय विकास र सुधार आयोग (एनडिआरसी) लाई उदृत गर्दै समाचारमा जनाइएको छ । कोइलाबाट चल्ने थर्मल प्लान्टले उत्पादन गर्ने विद्युतको खपत क्रमशः कटौती गर्दै गएमा ऊर्जा दक्षतामा पनि सुधार हुँदै जाने एनआरसीले जनाएको छ ।

कोइलामा आधारित थर्मल प्लान्टले कार्बन उत्सर्जनलाई शिखरमा पुर्याउने हुँदा कोइलाको खपत घटाउँदै लैजाँदा मात्रै ऊर्जा दक्षतामा सुधार गर्न सकिने समाचारमा उल्लेख  छ । ऊर्जा दक्षताका लागि विद्युत उत्पादन गर्न प्रतिकिलोवाट घन्टा औसतन ३०० ग्रामभन्दा बढी कोइला खपत हुने थर्मल प्लान्ट योग्य नहुने हुँदा यस्ता थर्मल प्लान्टलाई क्रमशः बन्द गर्दै लैजाने चीनको योजना छ ।

अहिले विद्युत उत्पादनको प्रमुख स्रोतकोरूपमा रहेका २०० गिगावाट क्षमताका कोइलामा आधारित थर्मल पावरलाई सन् २०२५ सम्ममा ऊर्जा उत्पादनका लागि ‘ब्याक अप’कोरूपमा मात्रै चलाउने पनि चीनले योजना बनाएको छ । कोइलामा आधारित थर्मल प्लान्टको उत्पादन घटाउँदै लैजाँदा नवीकरणीय ऊर्जाको खपत बढाएर ठूलो परिमाणमा कार्बन उत्सर्जन कम गर्न सकिने एनडिआरसीले जनाएको छ ।

एनडिआरसीले कोइलाको खपत कम गर्न मद्दत गर्ने ‘अल्ट्रा सुपर क्रिटिकल युनिट’ प्रविधिबाट नयाँ थर्मल प्लान्ट सञ्चालन गर्न आग्रहसमेत गरेको छ । यो प्रविधिबाट प्रतिकिलोवाट घन्टामा कोइलाको औसतन खपत २७० ग्राममा झार्न सकिन्छ ।

नयाँ अब विद्युत उत्पादन गर्दा प्रतिकिलोवाट घन्टा २८५ ग्राम कोइलाको उपयोग हुने ‘वाटर कुलिङ युनिट’ र ‘एयर कुलिङ युनिट’ का लागि प्रतिकिलोवाट घन्टा ३०० ग्राम कोइला खपत हुने प्रविधिको उपयोगका लागि स्वीकृति नदिने पनि एनडिआरसीले जनाएको छ ।

विश्वभर उत्सर्जन हुने कूल कार्बनमध्ये ४० प्रतिशत चीन एक्लैले उत्सर्जन गर्दै आएको छ । यो उत्सर्जन कोइलामा आधारित थर्मल प्लान्टबाट विद्युत उत्पादन गर्दा भइरहेको हो । २०२० सम्म चीनका थर्मल पावर प्लान्टहरूले प्रतिकिलोवाट घन्टा विद्युत उत्पादन गर्नका लागि औसतन ३०५.५ ग्राम कोइलाको उपयोग गरेको तथ्यांकले देखाएको छ । 

यसअघि सन् २००५ मा ३७० ग्राम कोइला उपयोग हुँदै आएकोमा सन् २०२० सम्म आइपुग्दा साढे ६४ ग्राम कोइला कटौती गरिएको हो । यसलाई पनि थप साढे ५ ग्राम कटौती गरी ३०० ग्राममा झार्ने लक्ष्य राखिएको छ ।

सन् २००५ देखि २०२० सम्म थर्मल प्लान्टमा कोइलाको खपतमा गरिएको कटौतीले वार्षिक ६.६७ अर्ब टन कार्बन उत्सर्जन घटाउन सकिएको एनडिआरसीले दाबी गरेको छ । यो कटौती चीनले उन्सर्जन गर्ने कार्बनको ३६ प्रतिशत हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit