विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गुहाटी । भारतको उत्तर पूर्वि आसाम राज्यले सबै घरधुरीलाई  निशुल्क विद्युत दिने भएको छ । राज्य सरकारले नजिकिँदै गरेको विधानसभा निर्वाचनलाई लक्षित गरी ३ महिनासम्म जनतालाई विद्युत निशुल्क दिने घोषणा गरेको हो । 

त्यहाँको मन्त्रीपरिषदले जनवरीदेखि लागु हुने गरी मार्च महिनासम्म ३० युनिट विद्युत निशुल्क दिने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आसाममा अप्रिल र मे महिनामा विभिन्न चरणमा विधानसभा निर्वाचन हुँदैछ । 

यस्तै, आसामको विद्युत महसुल नियामक निकायले आगामी अप्रिलदेखि लागु हुने गरी प्रतिकिलोवाट १५ देखि २० पैसा घटाउने स्वीकृति दिएको छ । आसाम विद्युत नियमन आयोगको निर्देशनपछि नियामक निकालयले घरायसी तथा व्यापारीक ग्राहकको विद्युत महसुल घटाउन स्वीकृति दिएको हो ।

आयोगका अनुसार २५ किलोवाटसम्म विद्युत खपत गर्ने घरेलु तथा व्यापारिक ग्राहकले प्रतिकिलोवाट २० पैसा छुट पाउने छन् । २५ किलोवाटभन्दा बढी विद्युत खपत गर्ने दुवै वर्गका ग्राहकले प्रतिकिलोवाट १५ पैसा छुट पाउने भएका छन् ।

आयोगले आसाम विद्युत वितरण कम्पनीलाई आर्थिक वर्ष २०२१/२२ मा ६० अर्ब ६८ करोड भारु राजश्व संकलनको लक्ष्य दिएको छ । त्यहाँको राज्य सरकारले पनि चालू आर्थिक वर्षमा विद्युत खरिद अनुदान स्वरूप विद्युत वितरण कम्पनीलाई ४ अर्ब भारु दिने प्रतिवद्धता जनाएको छ ।

चालू आर्थिक वर्षको विद्युत आपूर्ति लागत प्रतिकिलोवाट ७.५५ भारु हुने अनुमान छ । विद्युत वितरण कम्पनीले प्रतिकिलोवाट ८.२३ भारु प्रस्ताव गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit