विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ ११, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपालतर्फ पर्ने छोचेन खोला र चीनतर्फको पुरेपु साङ्पो नदीको संगम क्षेत्र नजिकै एउटा ठूलो पहिरो-जन्य बाँध-ताल बनेको हुँदा पुनः विनाशकारी बाढी आउन सक्ने चीनको जलस्रोत मन्त्रालयले प्रक्षेपण गरेको छ ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर पोखिन थालिसकेकोले यस्तो जोखिम बढेको जनाइएको हो । आगामी ३ दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने र ताल फुटी ठूलो बाढी आउन सक्ने उच्च जोखिम रहेको चीन केन्द्रीय टेलिभिजन (सिसिटिभी) रिपोर्टमा उल्लेख छ ।

मन्त्रालयले तालको स्थितिबारे सूक्ष्म निगरानी गरिरहेको र सम्भावित विस्फोट हुने जोखिमलाई ध्यानमा राख्दै बाढीको पूर्वानुमान तथा विश्लेषण गरिरहेको जनाएको छ । यसबाट आपतकालीन उद्धारमा सहयोग पुग्ने बताइएको छ ।

चीन-नेपाल सीमाको नेपालतर्फबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुर्‍याएपछि चिनियाँ अधिकारीले बहुआयामिक रूपमा उद्धार टोली परिचालन गरेका छन् ।

आपतकालीन उद्धारकर्ता, चिनियाँ जनमुक्ति सेना (पिएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार प्रदायक र राहत संस्थाहरूले कठिन भू-बनोट, निरन्तरको वर्षा र दोहोरो विपद्का जोखिमसँग जुध्दै उद्धारकर्मी, विमान, उपकरण तथा राहत सामग्री विपद्ग्रस्त क्षेत्रतर्फ पठाइरहेको समाचार छ ।

बिहीबार बिहानसम्म यस विपद्मा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ, २ जनाको जीवितै उद्धार गरिएको छ । यस्तै, २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता छन् ।

यो समाचार चिनियाँ अनलाइन पत्रिका ग्लोबल टाइम्सबाट अनुवाद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३