विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बर्लिन । जर्मनीले १ वर्षभित्रमा विद्युत उत्पादनका लागि प्रयोग हुँदै आएका सबै आणविक ऊर्जा केन्द्रहरू बन्द गरिसक्ने भएको छ । जर्मनीले सन् २०२२ सम्ममा अहिले सञ्चालनमा रहेका आणविक ऊर्जा केन्द्रहरू सधैंका लागि बन्द गर्न लागेको हो ।

अहिले जर्मनीमा विद्युत उत्पादनका लागि ३ वटा आणविक ऊर्जा केन्द्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका इसार–२, एम्सल्याण्ड र नेकरवेष्टहाइम–II परमाणु ऊर्जा केन्द्रहरू बन्द गर्ने जर्मन सरकारको तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जर्मनीले भर्खरै पनि ३ वटा आणविक ऊर्जा केन्द्रहरूबाट विद्युत उत्पादन बन्द गरेको छ । आणविक ऊर्जाको सट्टामा नवीकरणीय ऊर्जा उत्पादनमा लगानी बढाउने उद्देश्यले ६ मध्ये ३ वटा आणविक भट्टी सधैंका लागि बन्द गरेको हो । 

ब्रोकडोर्फ, ज्रोहन्दे र गुन्द्रेम्मिनजेन सी आणविक ऊर्जा केन्द्रहरू बन्द गरिएको हो । बन्द गरिएका यी आणविक ऊर्जा केन्द्रहरू साढे ३ दशक पुराना भएको समाचारमा जनाइएको छ । 

‘हामीले दशकोंदेखि सुरक्षितसाथ जर्मनीमा जलवायु अनुकुलन ऊर्जा उत्पादनमा योगदान गर्ने अवसर पायौं,’ २ आणविक ऊर्जा केन्द्रका सञ्चालक प्रिसेन इलेक्ट्राले भने, ‘भविश्यमा कुनै कुनै समस्या नहोस् भनेर आणविक ऊर्जा केन्द्र बन्द गर्ने सरकारको निर्णयको कायान्यन गर्न हाम्रा भट्टीहरू बन्द गर्ने निर्णयमा पुगेका हौं ।’

एङ्गेला मर्केल सरकारको पालामा आणविक ऊर्जाको परिमाणलाई क्रमश कम गर्दै लैजाने योजनाअनुसार जर्मनीले आफ्ना आणविक ऊर्जा केन्द्रहरू बन्द गर्दै गइरहेको समाचारमा जनाइएको छ । युरोपाले कोइला अभावमा अहिलेसम्मकै सबैभन्दा नराम्रो ऊर्जा संकटको सामना गरिरहेका बेला जर्मनीले आणविक ऊर्जा केन्द्रहरू बन्द गरिरहेको हो ।

जर्मन सरकारले सन् २०११ मा जापानमा आएको सुनामीले फुकुसिमा आणविक ऊर्जा केन्द्र क्षतिग्रस्त बनाएपछि आफ्नो देशमा भएका आणविक ऊर्जा केन्द्रहरू बन्द गर्ने निर्णयमा पुगेको थियो । 

जर्मनीको सन् २०२१ सम्मको विद्युत खपतको तथ्यांकअनुसार कूल मागको १२ प्रतिशत विद्युत ६ वटा आणविक ऊर्जा केन्द्रहरूबाट उत्पादन हुँदै आएको थियो । अहिले त्यहाँको प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा ४१ प्रतिशत छ । 

कोइलामा आधारित थर्मल प्लान्टबाट २८ प्रतिशत र ग्यासको योगदान १५ प्रतिशत छ । सन् २०३० सम्ममा वायु र सौर्य ऊर्जा उत्पादन गरी प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा ८० प्रतिशत पुर्याउने जर्मनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit