विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर चिसो बढेर विद्युत माग उकालो लागेपछि कुलेखानी जलाशय दैनिक २४ घन्टा चल्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी जलाशय दिन रात चलाइरहेको हो ।

नदीको बहावमा आधारित जलविद्युतगृहको उत्पादन कम भएदेखि नै कुलेखानी जलाशयको पानी नियमितरूप उपयोग भइरहेको कुलेखानी–१ का इलेक्ट्रिसियन मनोज घिमिरेले बताए । उनका अनुसार बिहान र साँझ विद्युतको उच्च माग हुने समयमा कुलेखानी–१, कुलेखानी–२ र कुलेखानी–३ पूर्ण क्षमतामा चलिरहेका छन् ।

‘उच्च माग हुँदा कुलेखानी–१ ६० मेगावाट उत्पादन गरिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सोहीअनुसार २ र ३ पनि चल्छन् । माग कम हुँदै गएपछि आवश्यकता हेरेर कम क्षमतामा चलाउने गरिएको छ ।’ उनले जलाशय जलविद्युतगृह नियमित चल्न थालेपछि पानीको सहत घटेर १५२०.६४ मिटर पुगेको बताए ।

यो वर्ष पुरै भरिएको जलाशय सुख्खा याम सुरु यता १० मिटर घटिसकेको पनि उनले बताए । आन्तरिक विद्युत उत्पादन नबढुन्जेल कुलेखानी जलाशय दैनिकरूपमा चलिरहने उनले बताए ।

अहिले दिउँदोको समयमा कुलेखानी-१ ४५ मेगावाटमा चलिरहेको उनले जानकारी दिए । कुलेखानी–१ बाट छाेडिएकाे पानीअनुसार नै २, र ३ काे उत्पादन निर्भर हुने गर्दछ । 

जलाशयको पानी उपयोग गरी ६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ र १४ मेगावाटके कुलेखानी तेस्रे गरी ३ जलविद्युत केन्द्रबाट १ सय ६ मेगावाट विद्युत उत्पादन गरिन्छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो । 

देशभर चिसो बढेसँगै विद्युतको माग १४ सय ६० मेगावाट मेगावाट पुगेको छ । राजधानीसहित चिसो बढी हुने जिल्लामा एसी, हिटरलगायत विद्युतीय उपकरणको उपयोग बढेपछि विद्युतको माग पनि बढिरहेको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएकाे छ ।

काठमाडौं उपत्यकाको विद्युत माग ३ सय ७६ मेगावाटसम्म पुगेको छ । प्राधिकरणले आन्तरिक उत्पादन तथा अपुग विद्युत भारतबाट आयात गरेर माग व्यवस्थापन गरिरहेको छ । आन्तरिक उत्पादन कम हुँदै जाँदा भारतबाट हुने आयात ह्वात्तै बढेको छ । बर्खामा भारतबाट न्युनतम ५० मेगावाटसम्म मात्रै विद्युत आयात भएकामा अहिले करिब ६ सय ३२ मेगावाट हाराहारीमा आयात भइरहेको प्राधिकरणले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit