विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको वडा नम्बर ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण पूरा भएको छ ।

आयोजनाको सिभिल संरचना र उपकरण जडान लगायत सबै क्षेत्रकाे काम सकिएकाे साइड आयोजना प्रबन्धक सुरेश जाेशीले बताए । ‘हालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौं’, उनले ऊर्जा खबरसँग भने, ‘अब एक साताभित्र बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ ।’

‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएसँगै विजुली उत्पादन परीक्षण सुरु गरिनेछ’ उनले भने, । आयोजनाको दुई साताको बिजुली उत्पादन परीक्षण सफल भएमा व्यापारीक उत्पादन सुरू गरिनेछ । आयोजनाको विद्युत प्राधिकरणको किर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना निर्माणको काम यसअघिनै अन्तिम चरणमा पुर्याएपनि २०७८ असारमा आएको बाढीले ठुलो क्षति पुर्याउँदा प्रभावित भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माणको काम सकिएको हो ।

आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्या, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिदै आएको छ ।

यसअघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माण गर्दा लागत बढेको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ ।

विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । २७ मेगावाटको दोर्दी खोलाले भने उत्पादन परीक्षण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit