विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गण्डकीको गोरखा जिल्लामा अघि बढेको ३४०.४२३ मेगावाटको बूढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) बारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । विद्युत् नियमन आयोगले मंगलबार विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । 

टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदनउपर आयोगले मंगलबार सरोकारवाला पक्षलाई बोलाएर सार्वजनिक सुनुवाई गरेको थियाे ।

कार्यक्रममा बोल्दै विभागका अध्यक्ष डिल्लीबहादुर सिंहले नेपालमा विद्युत् क्षेत्रको नियमनमा आयोग स्थापना भएपछि निजी लगानीकर्ताहरुले निकै सहजता महसुस गरेको बताए । उनले नियम–कानुनले मिल्ने भएसम्म आयोगले आयोजना निर्माणका लागि आवश्यक निर्णय समयमै गरिदिने गरेको समेत बताए । त्यस्तै, आयोगका सदस्य गौतम डंगोलले कम लागतमा आयोजना निर्माण गर्ने विकासकर्ताहरुलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए । 

कार्यक्रममा आयोजनाको प्रवर्द्धक कम्पनीका अध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रले हालसम्मकै ठूलो आंशिक जलाशय आयोजना निर्माण गर्न लागेकोले सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा रहेको बताए । त्यस्तै, विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले आयोगले पिपिएका लागि सहमति दिएपछि विद्युत् खरिद बिक्री सम्झौता पत्रमा हस्ताक्षर गरिने बताए । कार्यक्रममा सरोकारवालाहरुले राखेको प्रश्नको जवाफ दिँदै आयोजनाको परामर्शदाताका तर्फबाट प्रेम केसीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई भई पारित भइसकेको पनि बताए ।

उनका अनुसार गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।

यो आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनाको धेरैजसो संरचना र विद्यूत् गृहसमेत भूमिगत रहने गरी डिजइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत्‌गृहमा जडान हुने ६ वटा ५७ मेगावाटका टबाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किलाेमिटर प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिने छ ।

आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६.२२ हेक्टर जमिन चाहिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९.६२ हेक्टर स्थायी रूपमा र ६.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit