विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएपछि ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्र भ्रमण तथा अवलोकनमा रोक लगाइएको छ । पछिल्लो समय कोरोना भाइरस बढ्दै गएको र आगन्तुकको चाप पनि बढ्न थालेपछि आयोजनासँग सम्बन्धित बाहेकका व्यक्तिहरूलाई रोक लगाएको हो ।

बाह्य व्यक्तिहरूको आवागमन बढ्दा आयोजनामा काम गर्ने कर्मचारी तथा मजदुरहरू असुरक्षित हुने कारणले भ्रमणमा रोक लगाइएको आयोजनाका प्रशासन प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए । ‘निर्माण अन्तिम चरणमा रहेको र भित्रका कोही व्यक्तिमा संक्रमण भएमा काम रोकिन सक्ने अवस्थालाई मध्येनजर गर्दै भ्रमणमा रोक लगाइएको छ,’ उनले भने ।

पोखरेलका अनुसार आयोजनाबाट बाहिर जाने र भित्रिने कर्मचारीहरूका लागि समेत पिसिआर अनिवार्य गरिएको छ । पिसिआर अनिवार्य गरेपछि अति आवश्यक कामबाहेक आयोजनास्थल छाड्ने र आउने कर्मचारीहरू घटेका छन् । आयोजनाको बैशाख मसान्त भित्र विद्युत उत्पादन गर्ने गरी सुरुङको सरसफाइ, पेनस्टक पाइप जडानको अन्तिम काम जारी छ ।

आयोजनाले सुरुङमा पानी हालेर परीक्षण गर्नका लागि बिहीबारबाट बाँधमा पानी भर्ने तयारी गरेको छ । बुधबारबाट पानी भर्ने योजना भए पनि तयारी पूरा नभएकाले बुधबार नदी थुनिएन । बाँध र डिस्याण्डरमा पानी भरिएपछि सुरुङमा पानी हालेर सुरुङ र पेनस्टक पाइपको परीक्षण गर्ने आयोजनाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit