विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७७६.५ मेगावाटका ६ जलविद्युत् आयोजनाको सम्भाव्यता (फिजिबिलिटी) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन अघि बढाउन लागेको छ । विभागले २ वटा जलाशय (स्टोरेज), ३ वटा आंशिक-जलायश (पीआरओआर) र एउटा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको अध्ययन अघि बढाउन लागेको हो ।

चालु आर्थिक वर्ष (आव २०८१/८२) का लागि प्राप्त बजेटमार्फत यी आयोजनाको अध्ययन अघि बढाउन लागिएको विभागको भौगर्भिक अध्ययन शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुवर्ण खनालले ऊर्जा खबरलाई बताए । उनका अनुसार अध्ययन अघि बढाउन लागिएका आयोजनाहरूमा जाजरकोटमा पर्ने १७६ मेगावाटको चेरा–१ र डडेलधुरा र बैतडीको सीमा क्षेत्रमा पर्ने ११४ मेगावाटको सुर्नैयागाड  जलाशय आयोजना छन् ।

त्यस्तै, जाजरकोट र रुकुम पश्चिमको सीमामा पर्ने २५६.२० मेगावाटको भेरी–२, अछाम र दैलेखको सीमामा पर्ने ११३ मेगावाटको अपर-कर्णाली बी र बझाङमा पर्ने ४३.५० मेगावाटको घाटगंगा आंशिक-जलाशय आयोजना छन् । यसबाहेक हुम्लामा ७३.८० मेगावाटको अपर लोटी-कर्णाली नदी प्रवाहीमा आधारित आयोजनाको अध्ययन पनि अघि बढाइको छ ।

यी आयोजनाको अध्ययनका लागि प्रतिस्पर्धामा परामर्शदाता (कन्सल्ट्यान्ट) नियुक्तिका लागि विभागले हाल आशयपत्र (इओआई) माग गरेको छ । प्रक्रिया पूरा गरी आयोजना अध्ययनका लागि परामर्शदाता छनोट तथा नियुक्तिको सम्झौता गर्न अझै ४ महिनाभन्दा बढी समय लाग्नसक्ने उनले बताए । आयोजनाको अध्ययन पूरा गर्न भने सम्झौता भएको मितिले २ देखि ३ वर्षसम्म लाग्नसक्ने उनले बताए ।

यी आयोजनाको अध्ययन सकी कार्यान्वयनमा लान सके खास गरी कर्णाली नदी जलाधार क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशलाई नै विद्युत् उत्पादन हबको रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

अध्ययन अघि बढाउन लागिएका आयाेजनाहरू

स्राेत : विद्युत् विकास विभाग
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३