विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी–१ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कर्णाली प्रदेश जाजरकोट जिल्लाको नालगाड नगरपालिका र रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा पहिचान भएको आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिरहेकाे छ । वातावरण प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा प्राकृतिक, भौतिक, जैविक, सामाजिक र सांस्कृतिक प्रणाली र आर्थिक प्रणाली बीच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न स्थानीय पालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वस्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाले ७ दिन भित्रमा कम्पनीको कार्यलयभित्र आइपुग्ने गरी लिखित राय/सुझाव पठाउनुपर्नेछ ।

यस आयोजनाको डिजाइन वहाब ११३.६४ घनमिटर रहने अध्ययनले देखाएको छ । भेरी नदीमा २५१.९ मिटर लामो र ३८.५ मिटर अग्लो बाँध निर्माण गरी जम्मा गरिएका पानीलाई नदीको दायाँपटि्ट रहेकाे २५०७ मिटर लामो र ३३.६ मिटर चौडा २ वटा इन्टेक मार्फत २७५ मिटर लम्बाइको भूमिगत बेसिनमा झारेर ७१५८ मिटर लामो सूरुङ र ८१८ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुर्याइनेछ ।

विदयुतगृहबाट १५३४ गिगावाट घण्टा विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट जाजरकोट जिल्ला, नलगाड नगरपालिका वडा नम्बर १, २, ३, ४ र रुकुम (पश्चिम) जिल्ला आठबिसकोट नगरालिका वडा नम्बर ४, ५ र ६ मा प्रभाव पर्नेसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit