विद्युत अपडेट

  • प्राधिकरण : ९०६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५४२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९१९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३६३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९११ मे.वा.
२०८२ भदौ ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रियसभाबाट ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको उक्त विधेयक शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले पारित गरेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पेश गरेको ‘प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल गरी सभाबाट उक्त विधेयक पारित गरिएको हो । 

दफावार छलफल गरी राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले २ दिनअघि मात्र उक्त विधेयक पारित गरेको थियो । विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि सभामा छलफल गरिएको थियो । 

सभामा छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन र दिगो उपयोग तथा प्रभावकारी व्यवस्थापनलाई लक्ष्य गरी विधेयक ल्याइएको जानकारी दिए । उनले विधेयकमा बाँध तथा जलस्रोत संरचनाको सुरक्षासम्बन्धी प्रावधानलाई अझ स्पष्ट र कार्यान्वयनमैत्री बनाइएको बताएका थिए । जलस्राेतको उच्चतम सदुपयोग गर्दै समग्र विकासमा विधेयक सहयाेगी हुने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३