काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले सोमबार (साउन २६ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिने छ । सेयरको निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला-३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।