विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङ मर्स्याङ्दी गाँउपालिका–६ मा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत १ जना कामदारको शनिबार (साउन २४ गते) पहिरोले पुरिएर निधन भएको छ । उक्त पहिरोमा परेर अन्य ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शनिबार दिउँसो ३ बजे अचानक पहिरो आएपछि भाग्ने क्रममा ढुङ्गा खसेर लाग्दा  बेँसीसहर नगरपालिका–८ मा बस्ने ४२ बर्षीय लगनध्वज गुरुङको निधन भएको हो ।

दुर्घटनामा परेर मध्यनेपाल–८ बस्ने ३२ वर्षीय प्रितम लामा भनिने (भीमबहादुर तामाङ), दोर्दी गाँउपालिका–५ का २२ वर्षका विराज गुरुङ र प्युठान जिल्ला झिमरुक गाँउपालिका–६ का ४० वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइते मध्ये २ जना उपचारपछि घर फर्किएका र १ जनाको भने प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

घटनास्थलमा ४० जना कामदार रहेका थिए, जसमध्ये १ को मृत्यु भएको छ भने ३ घाइते छन् । बाँकी ३६ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३