विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हरित (ग्रीन) हाइड्रोजनको उपयोग गरी रासायनिक मल उत्पादन गर्न आगामी एक वर्षभित्र आवश्यक नीति तयार गरिने भएको छ । लामो समयदेखि ग्रीन हाइड्रोजनको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको काठमाडौं विश्वविद्यालयको पहलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनपछि नीतिगत रूपमा अघि बढ्न लागिएको हो ।

नेपालमा हरित हाइड्रोजनबाट मल उत्पादनका लागि सम्भाव्यता अध्ययन सफल भएकाले आवश्यक नीति बनाउन एक समिति गठन गर्ने तयारी भइरहेको र यस विषयमा निरन्तर मन्त्रालयसँग परामर्श भइरहेको विश्वविद्यालय ग्रीन हाइड्रोजन टिम लिडर डा. विराजसिंह थापाले बताए । ‘कानुन बनाइसकेपछि मात्र कम्पनी दर्ता गरी अघि बढ्न सकिने भएकोले यसका लागि नीतिगत खाका तयार गर्न समिति गठन हुँदैछ,’ उनले भने, ‘कम्पनी दर्ता गरेपछि कारखाना स्थापनातर्फ लागिने छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, वन तथा वातावरण एवम् उद्योग मन्त्रालयसँग छलफल गरी कारखानाको नेतृत्व कसले गर्ने, नीतिमा कस्ता पक्षलाई समेट्ने भन्ने विषयमा छलफल गरिने पनि सिंहले बताए । विश्वविद्यालयकै अग्रसरता र पहलमा गठित समितिले गरेको अध्ययनमा वार्षिक २ लाख मेट्रिक टन मल उत्पादन गर्न सक्ने कारखाना स्थापनको सम्भाव्यता देखाएको छ । मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिले यस्तो कारखाना स्थापन गर्न ६१ करोड ५० लाख अमेरिकी डलर लगानी आवश्यक पर्ने प्रतिवेदन पेश गरिसकेको छ ।

विश्वविद्यालयका थापा, अर्का स्वतन्त्र विज्ञ डा. विष्णुप्रसाद गौतम, जल तथा ऊर्जा आयोगको सचिवालयकी सिनियर डिभिजनल इन्जिनियर (सिडिई) किरण गौतम तथा मन्त्रालयका सिडिई बाबुराज अधिकारी सम्मिलित समितिको प्रतिवेदनमा युरिया उत्पादन गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाँचो रहेको उल्लेख छ ।
मन्त्रालयस्तरीय निर्णयअनुसार गतअसार २१ गते गठित समितिले ग्रिन हाइड्रोजनको उत्पादनतथा रासायनिकमलउत्पादनमायसको उपयोग गर्ने सम्बन्धमाअन्तर्राष्ट्रिय अभ्यास, विकास भइरहेका प्रविधिहरूको अध्ययन गरी सरकारले अवलम्बन गर्नुपर्ने नीतिगतव्यवस्थातथा सुझावसहितको प्रतिवेदनबुझाएकाथिए ।

मलको अभाव एवम् आयातमा समस्या भइरहेको बेला नेपालमै उत्पादित हाइड्रोजनबाट मल कारखाना स्थापना गरी आत्मनिर्भर हुन तथा विद्युत भण्डारण र खपत बढाउने प्रविधिका रूपमा समेत यसमा लामो समयदेखि छलफल तथा बहस हुँदै आएको छ । विश्वका धेरै देशहरू हाइड्रोजनमा जान थालिसकेकोले नेपालले यसमा ढिलो गर्न नहुने थापाले बताउँदै आएका छन् ।

विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रममा थापाले नेपालले विद्युतसँगै ग्रिन हाइड्रोजन पनि निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेकोमा जोड दिँदै आएका छन् । काठमाडौं विश्वविद्यालय तथा उनको निरन्तरको प्रयासपछि यसतर्फ सरकारले समेत ग्रिन हाइड्रोजन उत्पादन र मल कारखाना स्थापनाको विषयलाई विशेष महत्त्व दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit