विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । प्रतिनिधि सभाका सांसद एवं संसदको पूर्वाधार विकास समितिका सदस्य माधव सापकोटाले जलवायु परिवर्तनका विषयलाई गम्भीर रुपमा लिएर संसदमा गहन छलफल हुनुपर्ने बताएका छन् । संसदको विशेष समयमा बोल्दै सापकोटाले आइतबार यस्तो बताएका हुन् ।

यस्तो छ सासंद सापकोटाको धारणा

सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकताको बुदाँ नम्बर १३ मा ‘दिगो विकास र जलवायु परिवर्तन’ भन्ने शीर्षक दिएर सरकारले प्राथमिकताका साथ यो विषयलाई उठान गरेको थियो । नीति कार्यक्रम २०८१ को ६६, ६७, ६८ र ६९ नम्बर गरी ४ वटा बुँदामा जलवायु परिवर्तनका असर र त्यसका न्यूनीकरणका उपायबारे व्यवस्था गरिएको छ । ६८ नम्बर बुँदामा राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमको व्यवस्था गरिएको छ । त्यसको व्याख्या समेत गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा आजदेखि हामी बहस गर्दै छौँ । त्यो वक्तव्यको बुँदा नम्बर २४९, २५०, २५१ तीनवटा बुँदामा व्यवस्था गरिएको छ र २५० बुँदामा 'हिमाल जोगाऊँ, मानवता बचाऊँ' भनेर त्यसको व्यवस्था गरिएको छ । भरर्खरै ९ र १० गते जेठमा चन्द्रागिरिमा नेपाल सरकारको आयोजनामा ‘इन्टरनेशनल एक्सपर्ट डायलग एन्ड माउन्टेनर्स पिपुल्स एन्ड क्लाइमेट चेन्ज’ भन्ने विषयमा एउटा अन्तर्राष्ट्रिय डायलगको आयोजना गरिएको थियो । नेपाल सरकार आयोजक भएर सम्पन्न गरेको त्यो कार्यक्रमले संसारभर एउटा सकारात्मक सन्देश दिएको छ । हामी २ वटा संसदका २२ जना सांसद यो कार्यक्रममा सहभागी थियौँ । बगंलादेश, भुटान सहित २५ वटा राष्ट्रका २५० जना प्रतिनिधि सहभागी विज्ञ र नीति निर्माताहरूको उक्त बहसले ६ बुँदे निष्कर्ष दिएको थियो । 

खासगरी हिमशृङ्खला र पहाडहरू मानव जगतका निमित्त असाध्यै महत्त्वका विषयहरू हुन् । जलवायु परिवर्तनका असरले यसलाई निकै ठूलो प्रभाव पारिरहेको छ । यसले हिमालदेखि समुन्द्र सतहसम्म मानव जीवनलाई प्रत्यक्ष रुपमा असर गरेको छ । यसबारे समयमै हामी सतर्हक रहनुपर्छ । यो जलवायु असरलाई न्यूनीकरणमा नलाग्ने हो भने सिङ्गो मानव जीवन खतरामा छ भनेर ७ वटा बुँदामा निष्कर्ष दिएको छ । त्यसैले म यो सिङ्गो संसदमा यो विषयले पनि छलफलका लागि प्राथमिकता पाओेस् भन्ने आग्रह गर्दछु । गहन ढंगले हामी बहस गरौँ । 
     
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३