विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिका–२ जुनबेँसीमा निर्माणाधीन ३०० किलोवाटको माथिल्लो जुनबेँसी साना जलविद्युत आयोजना निर्माण २० वर्षसम्म पनि अधुरै छ । बिल गेट फाउन्डेसनको लगानीमा निर्माण सुरु भएको आयोजनाको काम २ दशकमा अन्तिम चरणमा पुगे पनि अझै विद्युत उत्पादन भने भएको छैन ।

उक्त क्षेत्रमा बत्ती बाल्न फाउन्डेसनको लगानीमा आयोजनाको निर्माण दुई दशकभन्दा अघि सुरु भएको थियो तर हालसम्म आयोजनाको निर्माण ९९ प्रतिशत मात्र पूरा भएको छ । यद्यपी, आयोजना निर्माण डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको सिभिल संरचनाको काम ज्वालामाई कन्सट्रक्सनले गरिरहेको छ । त्यस्तै, मेकानिकल र प्रसारण लाइन निर्माणको काम नेपाल यन्त्रशाला इनर्जी र इलेक्ट्रिकलतर्फको निर्माण  कार्य हाइड्रो इनर्जी कन्सर्नले गरिरहेको आयोजनाका प्राविधिक युवराज बस्नेतले बताए । आयोजनाको सबै काम पूरा गरी आगामी दुई महिनाभित्र बत्ती बाल्ने योजना रहेको उनको भनाइ छ । 

‘आयोजनाबाट उत्पादन भएको विद्युत स्थानीयलाई नै वितरण गरिनेछ,’ ऊर्जा खबरसँग उनले भने, ‘यदि बिजुली बढी भए मात्र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिनेछ ।’ फाउन्डेसनले प्रतिबद्धता जनाए अनुसारको रकम उपलब्ध नगराउँदा २० वर्षमा पनि आयोजना निर्माण पूरा नभएको बस्नेतको भनाइ छ ।

आयोजनाको पेनस्टक पाइप जडानको काम सम्पन्न भइसकेको सोलु–दूधकुण्ड –३ का वडा अध्यक्ष ङवाङठिले शेर्पाले बताए । इन्टेकको काम भने अन्तिम चरणमा पुगेको छ।

हाल आयोजनाका सबै क्षेत्रको निर्माण एकसाथ अघि बढिरहेको उक्त वडाका निवर्तमान अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । फाउन्डेसनले प्रतिबद्धता जनाएअनुसारको लगानी उपलब्ध नगराएपछि नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरेर निर्माण अघि बढाएको पनि उनले बताए ।

‘आयोजना निर्माणका लागि फाउन्डेसनले २ लाख अमेरिकी डलर दिने प्रतिबद्धता जनाए पनि १ लाख ३५ हजार अमेरिकी डलर मात्र उपलब्ध गराएको थियो,’ ऊर्जा खबरसँग उनले भने, ‘त्यसले गर्दा निर्माण ठप्प भएको थियो । नगरपालिकाले केन्द्रसँग समन्वय गरेपछि आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ ।’ आयोजनामा केन्द्रले ५ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।

निर्माण सुरु गर्नै लाग्दा माओवादी युद्ध उत्कर्षमा पुगेका कारण आयोजना निर्माणको काम १० वर्षसम्म पूर्ण रूपमा ठप्प रह्यो । १० वर्ष निर्माण पछाडि धकेलिसकेपछि आयोजनाको पुनःनिर्माण सुरु गर्न बेनी विद्युत कम्पनी दर्ता भएको थियो ।

कम्पनीले आयोजनाको काम सुरु गरे पनि २०७४ मा स्थानीय चुनाव लगायत विविध कारणले काम रोकिएको शेर्पाले बताए । त्यसबेलासम्म आयोजनाको काम आधा सकिएको थियो ।

चुनावपछि प्राविधिकलगायत विविध कारणले लामो समयसम्म आयोजनाको काम सुरु हुन नसकेपछि नागरपालिकाले स्थानीय तहमा लिएर काम अघि बढाएको नगरपालिकाको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit