विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’बा ट विद्युत उत्पादन सुरु गर्न अझै डेढ महिना लाग्ने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट आगामी पुस दोस्रो सातासम्ममा विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको हो ।

दशैंअघि नै आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अवरोध गरेपछि सम्भव नभएको प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए ।

‘असोजभित्रै बत्ती बाल्ने गरी काम अघि बढेको थियो । असार १ गतेको बाढीले आयोजना स्थल पुग्ने सडकमा क्षति गर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘यही कारण आयोजनाको निर्माण गतिमा ब्रेक लाग्यो र हामी केही ढिलो भएका छौं ।’ उनले अहिले आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरणको जडान तथा आन्तरिक परीक्षण भइरहेको बताए ।

मुख्य सुरुङमा लाइनिङ तथा सरसफाईको काम भइरहेको पनि उनले बताए । आयोजनाको सिभिलतर्फको सबै काम सम्पन्न भइसकेको छ । विद्युतगृहमा उपकरण जडानको काम सम्पन्न गरेपछि संरचनामा पानी भर्न सुरु गरिने कसजुले बताए ।

उनका अनुसार संरचनामा पानी भरेर परीक्षण सुरु गर्न २० देखि २२ दिन लाग्ने बताए । यसअघि आयोजनाबाट २०७८ साल जेठदेखि नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । यही समयमा कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको समयमा  लगाइएको निशेधाज्ञाका कारण निर्माण सामाग्री तथा उपकरण ढुवानीमा भएको समस्या एवं केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा तालिका असोजमा सारिएको थियो ।

आयोजनाको विद्युतगृहमा १२ मेगावाटका ३ वटा उत्पादन युनिट रहने छन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२ किलोमिटर टाढाको लामोसाँघु सबस्टेसनमा लगेर जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको छ ।

यो आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३० प्रतिशत ऋण र ७० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा ५ बैंकले ऋण लगानी गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit