विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ऊर्जा र कोभिड-१९ महाकाव्य

म सुतेको देशान्तरमा घामले नचिहाउँदै

म तङ्ग्रँदै उठ्छु र नियाल्छु वर्तमान

म जोड्तोडले सुरु गर्छु मेरो दैनन्दिन

भविष्यका अपूर्व सपनाहरू पूरा गर्न ।

०००

तर, जब मेरा इतिहासका जिम्मेवारीहरू

किल्लाहरू झैँ तेर्सिन्छन्, अनि रोक्छन मलाई

महाशक्ति हुँदै सर्वोच्व मानव बन्नबाट

निष्कण्टक साम्राज्यको बादशाह बन्नबाट

तब म तोडफोड गर्छु यी अवरोधहरू ।

०००

किनकि, आज नै चन्द्रमा छुनु छ मलाई

अनि सर्लक्कै छेक्नु छ, ऊर्जावान घामलाई

फेरि मंगल ग्रहमा विशाल महल बनाउन

पृथ्वीका विरोधी मानव गोलार्ध ध्वस्त गर्दै

कोलोनी खोल्नु छ, बृहस्पतिको युरोपामा ।

०००

प्राणी र वनस्पतिका खरबौं व्यापारका अगाडि

म बुझ्दिन इकोसिस्टमका शास्त्रीय गीतहरू

हजारौं मेगावाट न्यूक्लियर प्लान्टका अगाडि

तुच्छ लाग्छन्, नवीकरणीय ऊर्जाका नाराहरू

अनि हेय लाग्छन्, अर्गानिक खाना र नाराहरू

०००

शक्ति हुँदै महाशक्ति अनि सर्वोच्व बन्ने होडमा

मलाई रोक्ने यादका पानाहरू च्यात्दा च्यात्दै

भोलि फेरि अन्तरिक्षको यात्रामा निस्कने हतारोमा

म निदाउँन पुगेँछु केही थान सपनाहरू देख्दै ।

०००

अनायास म त अल्जाइमरको वाचनालयमा

टहल्दै गरेको पाउँछु, विस्मृत दिमाग लिएर

छाम्छु वाचनालयमा लहरै उभिएका ¥याकहरू

किनकि, म वर्तमानको बोझ खप्न नसकेर

अधमरो भई लकडाउनामा परिसकेको रहेछु ।

०००

म शून्यबाट फेरि वर्तमान सुरु गर्न खोज्छु

अनि याद गर्न खोज्छु मान्छेका उपलब्धिहरू

खोतल्न खोज्छु हामीले खनेका वर्तमानहरू

अफसोच, मैले भेट्छु निम्न महाकाव्यहरू

सार्स भाइरस, खण्ड–१

बर्ड फ्लू भाइरस, खण्ड–१

कोरोना –कोभिड (१९, खण्ड–१

कोरोना –कोभिड (२० यस्तै यस्तै ।

०००

मानवजातीका दुखित र कष्टसाध्य दिनहरूमा

म टक्क रोकिन्छु गुमेको यादबीच प्रश्न बनेर

र, सोध्छु चिच्याएर, कराएर अनि मुठी कसेर

हे मानव १ के–के हुन् तिम्रा उपलब्धिहरू ?

प्राणी र प्रकृतिसँग सह–अस्तित्वमा रहनुपर्नेमा

के छन्, वास्तवमा पृथ्वीमा तिम्रा योगदानहरू ?

०००

निस्काम भएर सुत्छु म, अनाहुत लकडाउनमा

रमणीय सपनाहरू देख्ने उत्कृष्ट चाहना बोक्दै

सम्भव छ, फेरि संसार घुम्न, फिर्न र रमाउन

मान्छेका अन्त्यहीन आकांक्षामा लगाम लगाउँदै

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३