विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ साउन १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालमा विद्युत्‌भन्दा प्रायः जलविद्युत् मात्रै बुझिन्छ र जलविद्युत्‌को मात्रै कुरा हुन्छ । हामीले दशकौँदेखि सुन्दै आएको ‘नेपालमा जलविद्युत्‌को अपार सम्भावना छ, जलविद्युत् बेचेर नेपाल दक्षिण एसियाको पावरहाउस बन्न सक्छ ।’

सत्य के हो भने नेपालको प्रतिव्यक्ति जलविद्युत् उत्पादन क्षमता विश्वकै उच्चमध्ये पर्छ । सम्भाव्यताको तुलनामा उत्पादनमात्र होइन, उपयोग पनि न्यून छ । जलविद्युत् मात्र होइन, सौर्य ऊर्जा (विद्युत् लगायत अन्य नवीकरणीय ऊर्जाको सन्दर्भमा पनि सम्भाव्यताको तुलनामा उत्पादन तथा उपयोग न्यून छ । फलतः हाम्रो ऊर्जा प्रणाली (ग्रीड) सानो छ, प्रतिव्यक्ति ऊर्जा खपत अति न्यून । प्रतिव्यक्ति ऊर्जा खपत न्यून हुनुले देशमा न्यून औगोगिकीकरणको अवस्था र त्यस्तै आर्थिक गतिविधिको अवस्थालाई जनाउँछ । जुन, देशको प्रतिव्यक्ति आम्दानीले पनि झल्काइरहेकै छ ।

विद्युत् कुनै पनि औद्योगिक उत्पादन, प्रशोधन, भण्डारणजस्ता प्रक्रियाका लागि अपरिहार्य हुन्छ । औगोगिक उत्पादन, प्रशोधन, भण्डारणका लागि मात्र होइन, सेवा उद्योगका लागि समेत विद्युत् उतिकै अपरिहार्य छ । ढुवानी र यातायातका लागि पनि विद्युत्‌को प्रयोग बढ्दो छ । औद्योगिक र व्यापारिक गतिविधिका लागि मात्र नभई घरायसी कामका लागि विद्युत् झनै अत्यावश्यक भइसक्यो । त्यसैले, विद्युत् समग्र अर्थतन्त्रको एक महइभ्वपूर्ण कडी तथा मेरुदण्ड हो । उच्च विद्युत् खपत समृद्धिको सूचक पनि हो । नेपालको प्रतिव्यक्ति विद्युत् खपत न्यून भएकै कारण आर्थिक पनि पछ्यौटेपन रहेको छ ।

नेपालको विद्युत् उत्पादन जडित क्षमता ३ हजार ३ सय मेगावाटभन्दा माथि पुगिसकेको छ, जुन निरन्तर बढ्दैछ । जडित क्षमताको करिब दुई–तिहाई निजी क्षेत्रका आयोजना छन्, करिब १ सय २० मेगावाट सौर्य ऊर्जा छ भने बाँकी जलविद्युत् । निजी क्षेत्रका सबै जलविद्युत् आयोजना नदी प्रवाही छन्, अर्थात् पानी सञ्चित गर्न मिल्दैन । उत्पादन भएको विद्युत् खपत नभए खेर जान्छ । बर्खायाममा उत्पादन ३ हजार मेगावाटभन्दा बढी पनि हुन्छ तर माग मुश्किलले २ हजार मेगावाट हुन्छ । अझ रातिको समयमा माग निकै कम छ । फलतः विद्युत् खपत नभए खेर जान्छ ।

हरित हाइड्रोजनबाहेक रासायनिक मल उत्पादन गरी बढी भएर खेर जाने विद्युत्लाई प्रयोग गर्न सकिन्छ, जुन व्यापारिकरूपमा सम्भाव्य हुन विद्युत्‌को मूल्य कम हुनुपर्छ । विद्युत् आपूर्ति भरपर्दो भए र समग्र रूपमा औद्योगिक वातावरण सुध्रिए नयाँ उद्योगधन्दा पनि खुलेर आन्तरिक खपत बढेमा आर्थिक उन्नतिमा टेवा पुग्छ तर उद्योगहरूलाई हिउँदमा पनि विद्युत् चाहिन्छ ।

हिउँदमा भने उत्पादन १ हजार मेगावाटसम्म पनि झर्छ र माग २ हजार मेगावाटसम्म पुग्छ । फलतः उत्पादनले माग धान्दैन । विद्युत्‌को जडित क्षमता तीव्र रूपमा बढिरहेको छ तर मागको वृद्धिदर वार्षिक करिब १० प्रतिशतमात्र छ । हिउँदमा भारतबाट विद्युत् आयात गर्न समस्या हुँदा विद्युत् आपूर्तिमा ठूलै समस्या छ र घोषित, अघोषितरूपमा विद्युत् कटौती भइरहेकै छ– विशेषतः काठमाडौ बाहिर र औद्योगिक क्षेत्रमा ।

हामीले भोगकै छौँ, पोखरातिर विद्युत् प्रवाह हुँदा विराटनगरमा लोडसेडिङ भएको । त्यस्तै, बेलुकाको माग धान्न धौधौ पर्छ तर राति विद्युत् खेर जान्छ । हिउँदमा चरम विद्युत् सङ्कट हुँदा बर्खामा खेर जाने सदावहार समस्या छँदैछ, जुन अझै धेरै वर्षसम्म रहिरहने छ । प्रणाली जलविद्युत्, अझ नदी प्रवाही आयोजनामा भर परेको हुँदा विद्युत् आपूर्ति पनि खहरे प्रकृतिकै छ । खहरे रोक्ने उपाय हामीले सोच्यौँ, भाषण गर्‍याँै तर कार्यान्वयन गरेनौँ । अर्कोतर्फ, हामीले जलविद्युत्भन्दा अन्य ऊर्जामा स्रोत चाहिन्छन् भन्ने विचारलाई सकेसम्म निषेध गर्‍यौँ ।

अझ ठूला प्राकृतिक विपत्ति आइपरे भोग्नुपर्ने ऊर्जा सङ्कट अकल्पनीय हुनेछ । जुन, २०८१ असोजमा पूर्वी तथा मध्य–नेपालमा आएको बाढी–पहिरोको बेला पनि अनुभव भयो । नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी (दैनिक जलाशय) बाढीले क्षति हुँदा बेलुकीको माग व्यवस्थापनमा ठूलो समस्या परेको छ । जलविद्युत् आयोजनामा पनि चाहिने जलाशय तर विकास भए नदी प्रवाही । जलाशय परियोजनाहरू जटिल एवम् विशेष प्रकृतिका हुने हुँदा राज्यले नै नेतृत्व लिएर बनाउनुपर्ने हुन्छ । यस्तै, आवश्यक प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् माग हुने क्षेत्रमा पुग्दैन ।

माग वृद्धिको तुलनामा नदी प्रवाही जलविद्युत्‌को जडित क्षमता तीव्ररूपमा बढिरहेको छ । त्यसैले, यथास्थितिमा आगामी दिनमा माग र आपूर्तिको असन्तुलन अझ बढ्नेछ । वर्षायामको अतिरिक्त ऊर्जाको उचित व्यवस्थापन गर्न नसके राष्ट्रको समग्र अर्थतन्त्रमा उल्लेख्य नकरात्मक असर गर्नेछ । बर्षायामको अतिरिक्त ऊर्जाको उचित व्यवस्थापन नहुँदा विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् आयोजनाले उत्पादन गर्ने सबै विद्युत् लिएको छैन, जसको कारण क्षेत्रका जलविद्युत् आयोजनाले नोक्सानी व्योहर्नुपरेको छ, बैंकले सावा/व्याज भुक्तानी पाउन समस्या छ, विद्युत् प्राधिकरणले पनि यसबाट घाटा व्योहर्नुपरेको छ । फलत, असर समग्र अर्थतन्त्रमा परेको छ, जुन बढ्ने क्रममा छ ।

ऊर्जा प्रणालीको उचित व्यवस्थापन गर्न सर्वप्रथम ऊर्जाको माग र आपूर्तिको प्रकृति विश्लेषण अपरिहार्य हुन्छ । माग र आपूर्तिको प्रकृति अनुसार मागको प्रकृति र आपूर्तिका स्रोतहरू विविधिकरण गर्नु ऊर्जा प्रणाली व्यवस्थापनको पहिलो खुड्किला हो । जसरी लगानीमा जोखिम कम गर्न लगानी विविधिकरण गरिन्छ । यस्तै, विद्युत् प्रणाली व्यवस्थापन गर्न ऊर्जाका स्रोतहरू विविधिकरण र विकेन्द्रीकरण गनुपर्छ । यो अहिलेको मुख्य प्राथमिकता हुनुपर्छ ।

यसैगरी, मागको उचित व्यवस्थापन गर्न अपरिहार्य भइसकेको छ । ऊर्जा आपूर्तिको प्रकृति अनुसार मागलाई चलायमान बनाउन हाल औद्योगिक ग्राहकमा मात्र लागु गरिएको दैनिक समयअनुसार फरक गरिएको विद्युत् मूल्यलाई क्रमशः ठूला ग्राहक हुँदै साना ग्राहकसम्म लागू गनुपर्छ । उता, जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) मा मात्र सीमित विद्युत्‌को मौसमी मूल्य औद्योगिक ग्राहकबाट सुरु गरी ठूला ग्राहक हुँदै सानासम्म लागू गर्नुपर्छ ।

ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन मिलाउन कुनै एकमात्र उपाय पर्याप्त हुँदैन । उपलब्ध सबै वा धेरै उपायहरू अवलम्बन गरे प्रभावकारी हुनेछ । अर्को, नेपाल ढिलो– चाँडो हरित हाइड्रोजन विकासमा जानैपर्ने हुन्छ । यसो गरे विद्युत् उत्पादन बढी भएर खेर जाने समयमा हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । हाइड्रोजन व्यापारि करूपमा उत्पादन र प्रयोग गर्न केही समय लाग्छ । अहिलेकै अवस्थामा व्यापारिक उत्पादन सम्भव छैन । उपयोग गर्ने संयन्त्र छैनन् तर आगामी एक–दुई वर्षमा यो क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुने सम्भावना छ ।

हरित हाइड्रोजनबाहेक रासायनिक मल उत्पादन गरी बढी भएर खेर जाने विद्युत्लाई प्रयोग गर्न सकिन्छ, जुन व्यापारिकरूपमा सम्भाव्य हुन विद्युत्‌को मूल्य कम हुनुपर्छ । विद्युत् आपूर्ति भरपर्दो भए र समग्र रूपमा औद्योगिक वातावरण सुध्रिए नयाँ उद्योगधन्दा पनि खुलेर आन्तरिक खपत बढेमा आर्थिक उन्नतिमा टेवा पुग्छ तर उद्योगहरूलाई हिउँदमा पनि विद्युत् चाहिन्छ । हिउँद र बर्खाको आपूर्ति र मागको भिन्नताको सकस भारतले क्षेत्रीय विद्युत् व्यापारलाई राजनैतिक एवम् प्रशासनिक अङ् कुश लगाइरहे अनन्तकालसम्म रहिरहने छ ।

आशा गरौँ, त्यस्ता अङ्कुश क्रमशः घटदै गएर अन्त्य हुनेछन् । प्राविधिक एवम आर्थिकरूपमा सम्भव भएसम्म ऊर्जाको माग र प्रयोग आन्तरिकरूपमै गर्नु राष्ट्रको हितमा हुन्छ । जसले उत्पादन, सेवा, रोजगारी र निर्यात बढाउन सहयोग गर्छ । आयात घटाउँछ, आर्थिक वृद्धिदर बढाउँछ । नेपालले सीमापार विद्युत् व्यापार पनि नियमित र नियन्त्रितरूपमा गरिरहेको छ । नेपालको विद्युत् उत्पादन र मागको प्रकृति अनुसार सीमापार व्यापार अहिलेको अवस्थामा अपरिहार्य छ । हालै मात्र सुरु भएको बंगलादेशसँगको व्यापारले केही सम्भावनाका ढोका खोलेका छन् ।

बंगलादेशसँगको विद्युत् व्यापार बढ्दै गए वा भारतले नेपालमा बढी भएको ऊर्जा निःशर्त खरिद गरेमा नेपालको ऊर्जा प्रणाली निकै पृथक र सुखद हुने थियो । त्यस्तो सुखद् सम्भावना निकट भविष्यमा देखिँदैन । हरित हाइड्रोजन र विद्युत् भण्डारणको क्षेत्रमा चमत्कारिक विकास भए आगामी दिनमा सीमापार विद्युत् व्यापारको आवश्यकता पनि कम हुन सक्ला । सीमापार व्यापारको समस्या पनि कम हुन सक्लान् । यद्यपि, सीमापार विद्युत् व्यापार नकार्न भने सकिँदैन । समस्याहरूका बीच सीमापार विद्युत् व्यापार दुवै देशको हित हुने गरी आपसी समझदारीमा विस्तारै अगाडि बढ्ने छ ।

ऊर्जा र वैदेशिक लगानीका क्षेत्रमा क्रियाशील लेखक सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत हुन् ।यो आलेख २०८१ साल पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको ७औँ अङ्कबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३