विद्युत अपडेट

  • प्राधिकरण : ८२११ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गुल्मीमा ५ मेगावाटको हुग्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको रुरु जलविद्युत् परियोजना लिमिटेडले आफ्ना सेयर लगानीकर्तालाई निरन्तर लाभांश उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

जलविद्युत् कम्पनीहरूको सेयर मूल्य अस्वभाविकरूपमा बढ्दै गएको सन्दर्भमा कम्पनीहरू पारदर्शी हुन नसकेको, लगानीकर्ताले प्रतिफल नपाएको र दलालहरूको चलखेल रहेको सार्वजनिक भइरहँदा कम्पनीले आफ्नो भनाइ राखेको हो ।

ऊर्जा खबरले बुधबार ‘जलविद्युत्मा माफियागिरी, १७ कम्पनीले आजसम्म न लाभांश दिए न बोनस सेयर’ भन्ने समाचार प्रकाशित गरेपछि पनि कम्पनीले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारमा रुरुको नाम प्रतिफल नदिने कम्पनीको सूचीमा छ । नेपाल धितोपत्र बोर्डबाट प्राप्त विवरणअनुसार कम्पनीले लगानीकर्तालाई लाभांश तथा बोनस सेयर कुनै पनि प्रतिफल दिएको देखिँदैन ।

आर्थिक वर्ष २०७६/७७ अगाडिका तीन वर्ष हरेक वर्ष १० प्रतिशतका दरले लाभांश वितरण गरेको कम्पनीका अध्यक्ष आशिष सुवेदीले बताए । ‘कम्पनी कानुनमा भएको व्यवस्था बमोजिम कम्पनीले सम्बिन्धत निकायबाट स्वीकृति लिई यसै वर्ष सर्वसाधारणका लागि प्रिमियमसहित सार्वजनिक सेयर निष्कासन सम्पन्न गरेको छ,’ उनले भने, ‘गत बैशाख ३ गते सर्वसाधारणमा साधारण सेयर बाँडफाँड भइसकेको छ ।’

बैशाखमा सेयर निष्कासन गरी बाँडफाँड गरिएकाे र विवरण बाेर्डमा पठाउनुपर्ने समय बाँकी नै रहेकाे हुँदा त्यहाँकाे तत्थ्यांकमा रुरुले प्रतिफल नदिएकाे देखिएकाे पनि सुवेदीले प्रस्ट्याए ।

उनका अनुसार कम्पनीका नयाँ सेयरधनीको हितलाई ध्यानमा राखेर बोर्डको कानुनी प्रावधान तथा विश्वमा महाविपत्तिको रूपमा रहेको कोभिड–१९ को संक्रमणका कारण आव २०७६/७७ को साधारणसभा गर्न सकिएको छैन । कम्पनीका अनुसार ९६४ जना संस्थापक सेयरधनीको लगानीबाट आयोजना निर्माण गरिएको हो ।

चन्द्रकोट गाउँपालिका (साविक शान्तिपुर, रुपाकोट र हरेवा गाविस) मा अवस्थित आयोजना निर्माण गर्न २०६२ साल चैतमा कम्पनी स्थापना गरिएको थियो । कम्पनी २०७२ असोज ७ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो ।

लगानीकर्ता, हितग्राही तथा स्थानीयबासीको अथक प्रयास, सहयोग एवं आर्थिक अनुशासन कायम गरी अनुमानित समय र लागतभन्दा अगाडि आयोजना निर्माण भएको कम्पनीको दाबी छ । जसअनुसार प्रतिमेगावाट लागत ७ करोड कम अर्थात् प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार रुपैयाँमा आयोजना पूरा भएको थियो ।

आयोजनाबाट २०७१ साल चैत ९ गतेदेखि व्यावसायिकरूपमा विद्युत् उत्पादन गर्दै आएको छ । उत्पादन सुरु गरेदेखि नै आयोजनाले आफ्नो प्राविधिक तथा व्यावसायिक दक्षताका आधारमा हरेक वर्ष विभिन्न सुधार गर्दै आएको पनि सुवेदीले जानकारी दिए । सानो वा कम क्षमताका आयोजना हुँदैमा फलदायी हुन सक्दैनन् भन्ने मान्यता रुरुले तोडेको उनको भनाइ छ ।

कम्पनी २०७२ सालमा पब्लिक लिमिटेड भए पनि यसले गत बैशाखमा मात्र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ ३ पाएकाे थियाे । सय रुपैयाँ मूल्य अंकित सेयरमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर मूल्य १२० रुपैयाँ राखी पब्लिकमा गएको थियो । सुवेदीका अनुसार माग गरिएको भन्दा करिब ६३ गुणा बढी आवेदन परेको थियो । बुधबार सेयरबजारमा कम्पनीको अन्तिम प्रतिसेयर कारोबार मूल्य १०३० रुपैयाँ थियो ।

याे पनि पढ्नुहाेस्

जलविद्युतमा माफियागिरी, १७ कम्पनीले आजसम्म न लाभांश दिए न बोनस सेयर

जलविद्युत् कम्पनीले बदमासी गरेपछि लगानीकर्ता धितोपत्रमा, ३ कम्पनीको कारोबार रोक्न उजुरी

जलविद्युत् सेयरमा माफियागिरी, लगानीकर्ता होशियार !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit