विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कम्पनीको वित्तीय विवरण सार्वजनिक नगरी लगानीकर्तालाई अन्योलमा राखेको भन्दै ३ जलविद्युत् कम्पनीको सेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । 
लगानीकर्ता केशव कोइरालाले खानीखोला, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीकोे सेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।

कम्पनीहरूले आफ्नो वित्तीय विवरण प्रकाशित नगरी दोस्रो बजारमा कारोबार गरिरहँदा लगानीकर्ता अन्योलमा परेको उजुरीमा छ । खानीखोलाले २०७६ पुस यता कुनै विवरण सार्वजनिक गरेको छैन् । उसले २०७६ सालमा सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहेको र हालसम्म लगातार घाटाले कम्पनीको नेटवर्थ ५० रुपैयाँ बढी नकारात्कम भइसकेको कोइरालाले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुहाेस् : जलविद्युत् सेयरमा माफियागिरी, लगानीकर्ता होशियार !

यसैगरी, जोशी र हिमाल दोलखाले पनि आमलगानीकर्ताले जानकारी पाउने गरी कुनै विवरण सार्वजनिक नगरेकाले दोस्रो बजारको कारोबार रोक्का गर्न आवेदन दिइएको छ । टाट पल्टिसकेका कम्पनीको सेयर महँगो मूल्यमा कारोबार हुँदा आमलगानीकर्ता डुब्ने खतरा देखिएको कोइरालाले उल्लेख गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत अधिकांश हाइड्रो पावर कम्पनीका सञ्चालकले धमाधम राजीनामा गरी आफ्नो सेयर बेच्न थालेकाले संस्थापकलाई सेयर बेच्नबाट रोक्न पनि अनुरोध गरिएको छ ।

मंगलबार कारोबार बन्द हुँदा हिमाल दोलखाको प्रतिसेयर मूल्य २४५ रुपैयाँ, जोशी हाइड्रोको २५३ रुपैयाँमा र खानी खोलाको २५० रुपैयाँ थियो । खानी खोलाले ४.३६ मेगावाटको टुंगुन/ठोस्ने र २ मेगावाटको खानी खोलाबाट विद्युत उत्पादन गरिरहेको छ । जोशीको ३ मेगावाटको माथिल्लो पुवा–१ र हिमाल दोलखाको ४.५ मेगावाटको माई खोला र ८ मेगावाटको माइ क्यासकेड सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit